0
गोल्डेन न्यूज संवाददाता
पोखरा २५ चैत ।
असहाय र अशक्तलाई सहयोग गर्न स्थापित पश्चिम नेपाल विकास मञ्चले यो वर्ष स्याङ्गजाको विकट सथानको विद्यालयको भवन निर्माण गर्ने भएको छ । स्याङ्जाको बेसारेडाँडामा रहेको स्यामपोखरी प्राविको लागि सात कोठाको पक्की भवन निर्माणका लागि अन्य सामाजिक संस्था र व्यक्तिको सहयोग मा सो भवन निर्माण गर्ने भएको हो । भवन निर्माणका लागि पोखराका पुराना पर्यटन व्यवसायी विष्णु गुरुङको अङ्कल्स स्पाईस फुड प्रालि, वेलायतका नागरिक आन र व्राईन कोनेली, पहाड टष्ट र पश्चिम नेपाल विकास मञ्चको आर्थिक व्यवस्थापनमा सो भवन वन्ने भएको छ । मञ्चका संस्थापक अध्यक्ष तथा पोखराका अग्रज पर्यटन व्यवसायी गोपाल भुषालका अनुसार सो भवन बन्न करिब ३७ लाख लाग्ने र अधिकतम् लगानी पहाड टष्टले गर्ने छ । उनका अनुसार पहिलो चरण अन्तर्गत सहयोगीहरुबाट श्वेच्छाको रकम संकलन गर्न सुरु गरिएको छ । त्यसपछि अपुग रकम पहाड टष्टले थप्ने छ । हालसम्म विष्णु गुरुङको अङ्कल्स स्पाईस फुड प्रालिले दुई लाख, वेलायतका नागरिक आन र व्राईन कोनेलिलेगल्फ च्यारिटी कार्यक्रमक  गरी ६७ हजार ७ सय ५० रुपैयाँ प्राप्त भएको छ । वेलायतका नागरिक आन र व्राईन कोनेलिले  १२ वर्षदेखि नेपालमा असाहय र अशक्तका लागि गल्फ चयारिटी मार्फत रकम संकलन तथा सहयोग गर्दै आईरहेको छ । व्राईन कोनेली भन्छन्–‘हामीले एकै जनालाई धेरै सहयोग त गर्न सक्दैनौं तर पनि सहयोगी मनका लागि निकै उदाहरण्ीाय र उदार वन्न प्रयास गरेका छौं । हाम्रो बाँकी जीवन र कमाई सबै अशक्तका लागि लगानी गर्ने योजना बनाएका छौं ।’ अर्का सहयोगी विष्णु गुरुङले वार्षिक रुपमा एक नयाँ र आवश्यकीय क्षेत्रमा सहया ेगर्ने लक्ष्य अनुरुप यो वर्ष स्कुलमा लगानी गरेको बताइन । मञ्चले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लागानी गर्ने उद्देश्य अनुरुप सो स्कूलमा सहगोग गरेको मञ्चका सदस्य ईप्रसाद बरालले जानकारी दिए । उनका अनुसार गत वर्ष वुटवलको नेपाल अपाङ्ग आश्रमको भवन निर्माणमा सहयोग गरेको छ । मञ्चले अति कमजोर आर्थिक अवस्थाका बच्चाहरुका लागि विभिन्न व्यक्ति वा संस्थाको सहयोगमा स्नातकोत्तर तहसम्मको अध्ययन समेत गराउँदै आएको छ । मञ्चको छात्रवृद्धिमा स्नातकोत्तर सकेका पहिलो व्यक्ति ईमानाथ पौडेल अहिले सरकारी सेवामा संलग्न भएको बताइन्छ ।

Post a Comment

 
Top