विनोदविक्रम के.सी. पछिल्ला केही वर्षहरूमा मैले फुटकर रूपमा पढिरहेका कवि हुन् । प्रत्यक्ष त म उनलाई जान्दिन । गरिमा, मूल्याङ्कन, नवयुवा जस्ता पत्रपत्रिकामा फाटफुट रूपमा देखा पर्ने कवि विनोद यसपटक भोकको क्षेत्रफल नामको सँग्रह लिएर बजारमा ओर्लेका छन् । राजधानी खाल्डोमा बसेर नेपाली भूगोलको सम्पूर्ण संवेदना अभिव्यक्त गर्ने केसीका कविताको आलोकले मलाई राम्रोसँग तानेको छ । म चासोे पूर्वक उनका कविता पढ्छु । गम खान्छु । आनन्द लिन्छु । साच्चै भन्दा विचारलाई निकै कलात्मक ढंगले कवितामा उतार्ने उनको शैली देख्दा कता कता मलाई इष्र्या लाग्छ । किन हामी यति शशक्त प्रस्तुति दिन सक्दैनांै ? अझै म भनौ क्यारे । पछिल्लो छिमलका राम्रा कवि प्रतिभाहरूको नाम लिदा विनोदलाई छुटाउन अवश्य मिल्दैन । म उनका सिर्जनाप्रतिको सामान्य पाठकीय अभिमत राख्ने हैसियत मात्रै राख्छु । म त्यस्तो कुनै समालोचक होइन जसले कसैलाई निकै माथि उचाल्छन् र कसैलाई भुईमा पछाछन् । तीस वटा छोटा तर प्रभावशाली कविताहरूको सँग्रह भोकको क्षेत्रफलले सिमान्तकृत वर्गको संघर्षको कथालाई उजागर गरेको छ । उनका कवितामा विषयगत विविधता छ । तथापि औसत कविहरूले लेखिरहने विषयवस्तु भन्दा धेरै हदसम्म पृथक छन् भन्न खोजेको चाँही होइन । अभिव्यक्तिको शैली आर्कषण हुनु कविताको बलियो पक्ष हो । सांग्रिला बुक्सले बजारमा ल्याएको ७२ पृष्ठको यो सानो कविता सँग्रहले ठूलो अर्थ यस कारणले राख्छ कि यहाँ आवाज विहिनहरूको आवाज बोलिएको छ । भोकाहरूको लागि चामल मागिएको छ र मागिएको छ निमुखाहरूको लागि न्याय र अधिकार विहीनहरूको लागि अधिकार । विनोदका कविताले सिङ्गो मानवमाथि दमन, शोषण र अत्याचारको बुट बजार्नेहरूलाई खबरदारी गरिरहेका छन् । न त उनका कवितामा प्रत्यक्ष रूपमा महशुस हुने गरी जनवादी नारा लगाइएको छ न त पूँजीवादी कलाको जलप । विचार र कलाको सही र सन्तुलित समिश्रण भएकै कारण पाठकका आँखामा उनका कविताको राम्रो मूल्य छ । कवि विमल निभाका विचारमा यी कविता मावन सभ्यताको शुरूवातदेखिसंघर्ष्शिल मानिसका जीजिविषा, इच्छा, आंकाक्षा, आक्रोश र विश्वास जस्ता विविध रङ्गहरू
पोतिएका इन्द्रेणी हुन् । कविता सौन्दर्यको उपासक हो भन्नेहरूको मान्यतालाई भत्काइदिएर मावन जीवन र जगतका कतिपय कुरूप पक्षहरूलाई समेत सुन्दर तवरले प्रस्तुत गर्नु कवि विनोदको राम्रो पक्ष हो । कविता जीवनको आलोचना हो भन्ने अभिमत प्रकट गर्ने कवि म्याथ्यु आर्नोल्डको विचारसँग कवि विनोद पनि धेरै हदसम्म सहमत भए झै लाग्छ । कविताले जीवनगत समग्रतालाई समेट्न सक्नुपर्छ वा भनौं कविताको केन्द्रमा मान्छे हुनुपर्छ । त्यसैले त कृष्ण ज्वाला देवकोटाले भूमिकामा लेखेका छन्ः ‘विनोदविक्रम कुनै राजनीतिक दलको तबेलाका कवि होइनन् । स्तुती हैन उनी कविता लेख्नमा रमाउँछन् । त्यो पनि देशको भूगोल व्यवस्था र राजनीतिले पाखा लगाएका मान्छेहरू प्रति समपिर्प ।’ साँच्चै नै कविता पढिसकेपछि कृष्ण ज्वालाको भनाइमा विमति राख्नु पर्ने कुनै आधार देखिदैन । आरुनो देश, आफूँ बाचेको समय, आरुनो समाज र परिवेश आफूले व्यहोरेको समय भन्दा टाढा रहेर लेखिएको कविता साँचो अर्थका कविता हुदैनन् भन्ने कुरामा विनोदविक्रम अडिग देखिन्छन् । आकाश, वादल, खोला, झरना, जंगल, पहाड र हिमालहरूका कविताभन्दा यि कविता फरक छन् किनकि उनको कविताको केन्द्रमा मानवता छ । नेपाली जनजीवनको सजीव चित्रण छ र अपेक्षा गरेको छ प्रगति शिलताको । विद्रोह गरेको छ स्थिर प्रायः रहेको समाज, समय व्यवस्था विरूद्ध ।भोकको क्षेत्रफलको अर्को विशेषता भनेको शब्द छनोटमा सरलता र भाव प्रवाहमा गहनता हो । शब्द सागर पढेर कविता लेख्ने, अक्षरहरूको पहाड बनाएर पाठकमा विद्धताको भ्रम बाड्ने र कविताको नाममा शब्दहरूमाथि अतिक्रमण गर्ने काम कम्तिमा पनि विनोदले गरेका छैनन् । भनाइको तात्पर्य के हो भने कविताको एउटा सचेत पाठकले भोकको क्षेत्रफललाई राम्ररी बुझ्न सक्छ । भाषाशैली विनोदप्रिय छ । सुन्दर बिम्ब र प्रतीकको प्रयोग गरेर यर्थाथताको चित्रण सजीव ढंगले गरिएको छ । ठाउँ–ठाउँमा अन्तरअनुप्रास र पुनरावृत्तिको प्रयोगले कविताको अनुहार सुन्दर बनाइदिएको छ । विषयवस्तु अनुसार शीर्षक चयन उपयुक्त छ । त्यसैगरी संरचना र कविताको भाव विधानमा पनि ध्यान पु¥याइएको छ । जीवन सापेक्ष कविता लेख्न रूचाउने कवि विनोद आफू सँगसँगै पाठकहरूलाई पनि डो¥याउँदै हिड्छन् । जीवनका बग्रेल्ति आरोह र अवरोधहरूलाई उनी आरुना सिर्जनामा प्रतिबिम्बित गर्छन् । ‘महङ्गी’ शीर्षकको उनको कवितामा दिन दुई गुना, रात चौगुना मूल्यवृद्धि भइरहेको नेपाली बजारमा दिनभर भारी बोकेर, कोदालो खनेर, हलो जोतेर, गिटी कुटेर जीवन निर्वाह गर्नेहरूको हालत कति खराब भइरहेको छ भन्ने कुरा मामिर्म ढंगले उठाइएको छ ःचामलको बोरा खुकुरी नचाउन थाल्छ हावामात्यै नाथे आलु दुई हात लामो तरबार झिक्छचिजहरू किन यति युद्ध उन्मादी अचेल ?किन यति आक्रामक ?सोही कविताको अन्तिममा गोदाम घरमा खाद्यान्न थुपारेर बजारमा कृत्रिम अभाव सिर्जना गरी जनतालाई भोकभोकै मार्ने काला व्यापारीहरू र बुख्याचा बनेर यो सब तमासा हेरिरहेको सरकारलाई यसरी खबरदारी गरिएको छ । भोकको विष्फोटन हुने कुरामा जोड दिइएको छ ःगोदाम घर बाहिरभोकभोकै उभिएको मानिस सधै, यत्तिकै शान्त रहलान त ?यति मात्र होइन उनले राज्य, नीति, व्यवस्था, यथास्थितिवादी सोच र अन्य थुप्रै सामाजिक अस्तव्यस्ततालाई पनि तिखो व्यङ्गय प्रहार गरेका छन् । राज्यले राज्यको दायित्व बिसिर्सका प्रति उनको घोर आपत्ति छ । परिवर्तन र क्रान्तिको नाममा भएको बलिदानी बालुवामा पानी भएको र देशमा व्यवस्था परिवर्तन भएर पनि पूरानै सोच, शैली, सरकार र व्यवहार कायम रहेकोमा कविको तिव्र असन्तुष्टि छ । क्रान्ति परिवर्तन र अग्रगमन सिर्फ हात्तिको देखाउने दाँत भएको कुरालाई उनले राम्रैसँग खिल्लि उँडाइदिएका छन् जस्तो कि ःआयो, आयो,साच्चै आयोल है आयो, क्रान्ति एक्सप्रेस !तर यो के आयो ?खेलौना जस्तोमात्र तीन डिब्बा भएको बाल रेल ।कविताको आकाशमा अहिले थुप्रै सर्जकहरू साधनारत छन् तर विनोदले सर्जकको सामाजिक दायित्व पनि हुन्छ भन्ने बोध गरेका छन् । धर्म, राजनीति, देश, समाज, जीवन, प्रेम, शहर, गाउँ, भोक, शोक, पद्धति, प्रवृत्ति, आशा, आक्रोश, समय,राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेश सबैका बारेमा कवि रामै्र जानकार छन् । विषयवस्तु अनुसार मेल खाने गरी स्वभाविक बिम्ब र प्रतिकको प्रयोग गर्दै कविता लेख्ने विदोनले आफू बाँचेको युग बदल्ने मोर्चामा सामेल हुन सबैलाई आहन गरेका छन् । कुनै पनि सिर्जना सर्वगुण सम्पन्न नहोलान् । सबै कविता आ आरुनै शैलिगत संरचनागत र प्रस्तुतीगत सीमाहरू ह्ुन्छन् । म आतंकवादी होइन, शिर्षकको कवितामा यदाकता सुप्रिमेसी, टेरोरिस्टस जस्ता अंग्रेजी शब्दको प्रयोग शायद आवश्यक थिएन । कविता सँग्रह भनिए तापनि भोकोमान्छे कविताको दोस्रो प्रकरण प्रष्ट रूपमा रूवाई शैलीका मुक्तक हुन । सामान्य सिमितताका बाबजुद एउटा स्वाधिन सर्जक जो शक्ति केन्द्रहरूद्धारा प्रभावित छैन, पाखा लगाइएको वर्ग वा समुदाय वा भनौ सवाल्र्टनका पक्षमा आवाज बुलन्द पार्दै अग्रगामी परिवर्तनमुखी र समतामूलक समाज निर्माण गर्न बोलाएको विद्रोही चेतनाको आँधी स्वागत योग्य छ । अन्तिम कवितामा कवि आफैले भनेका छन् । उनी सत्यको रक्षा गर्नका लागि सुकरात हुन् तयार छन् । उनको यो प्रण जीवनभर जारी रहोस् ।
(साभारः सुनाखरी मासिक)

Post a Comment