0
सभासद् जीवन परियारले सहमतिबाटै संविधान निर्माणका लागि अन्तिम प्रयास भैरहेको बताएका छन् । कास्कीको देउराली गाविस रामदीमा रहेको वीरेन्द्र प्रा.वि को बार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको शुक्रबार उद्घाटन गर्दै, सभासद् परियारले प्रमुख प्रतिपक्षी र मधेशी मोर्चालाई समेत सहमतिमा ल्याएर संविधान जारी गरिने उल्लेख गरे । उनले सहमति जुट्दै नजुटे, बहुमतिय प्रक्रियाबाट संविधान जारी गर्न अव ढिलो नगरिने बताए । सभासद परियारले विद्यालयको भौतिकस्तर सुधारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता समेत त्यस अवसरमा व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ वहादुर गुरुङ्गको अध्यक्षमा भएको कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रकाश खनाल, नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट, देउराली गाविसका सचिव थानेश्वर ढुंगाना, पूर्व गाविस अध्यक्ष हस्तकुमार श्रेष्ठ, श्रोत व्यक्ति तिलबहादुर खड्का, तरुणदल कास्कीका शिव घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Post a Comment

 
Top