कल्याण कुमारी पौडेल
पोखरा १७ पुस ।
कार्यक्रमको उद्घोषण, कुनै सौन्दर्य प्रतियोगिताको कोरियोग्राफर बनेर फरक फरक विचारका प्रतियोगीहरुलाई प्रशिक्षण दिनु सामान्य कुरा होइन । नेपाली समाजको पुरानो सोच, कामका क्रममा आएका आरोह अवरोह जस्ता कुराहरुलाई झेलेर अगाडि बढ्नु त्यति सहज पक्कै छैन । उद्घोषण गर्दा कहिलेकाही भएका गल्ती, सौन्दर्य प्रतियोगिताका बारेमा नेपाली समाजमा भएका नकारात्मक सोच लगायतका कारणहरुले गर्दा विभिन्न समयमा बिभिन्न समस्याहरु उत्पन्न भएको पाईन्छ, तर कोही कोही व्यक्ति यस्ता पनि छन्, जसले आफूले रोजेको पेशाप्रति इमान्दार भएर लक्ष्य प्राप्त गर्न लागिपरिरहेका छन् । त्यस्ता कमै मात्र व्यक्ति हुन्छन् जसले आफूले काम गर्दा आइपरेका विभिन्न समस्याहरुलाई पार गर्दै समाजमा नकारात्मक रुपमा हेरीने पेसालाई आफ्नो लक्ष्य बनाएर सफल समेत भएका छन् ।
यस्तै समस्यालाई पार गर्दै आफूलाई स्टेज कार्यक्रममा सफल कार्यक्रम प्रस्तोता तथा सफल कोरियोग्राफरको रुपमा स्थापित गराउन सफल छन् सुरज थापा खप्तरी । उनले पोखरामा बसेर विगत ७ वर्षदेखि निरन्तर विभिन्न स्टेज कार्यक्रममा प्रस्तोता र कोरियोग्राफीको क्षेत्रमा समेत आफूलाई अब्बल बनाइ सकेका छन् । पोखरामा आयोजना हुने दर्जनौं मेला महोत्सव, लाइभ कन्सर्ट, ब्यूटी पेजेन्ट तथा रियालिटी सो हरुमा मात्र नभई पोखराको स्थापित रेडियोमा समेत थापाले आफूलाई कुशल प्रस्तोताको रुपमा स्थापित गराईसकेका छन् । त्यति मात्र होईन पोखरामा हुने दर्जनांै ब्यूटीपेजेन्ट हरुमा कोरियोग्राफीका लागि पनि सुरजको उक्तिकै माग हुने गर्दछ । यिनै विभिन्न कार्यहरुले गर्दा पोखराको मनोरञ्जन क्षेत्र तथा मेला महोत्सवमा उनको उपस्थिति अनिवार्य जस्तै हुन पुगेको छ । नेपाली समाजमा भएको एउटा भनाई अनुसार कुनै पनि व्यक्तिको भाग्य जन्मपूर्वनै विधाताले निधारमा लेखिदिएको हुन्छ र त्यही अनुसार नै हाम्रो जीवन चलेको हुन्छ । तर भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर अवश्य पनि अडिंदैन । त्यसैले पनि हरेक व्यक्तिले काममा मेहनत गर्नु जरुरी हुन्छ । मेहनत, काम प्रतिको लगाव बिना कसैले पनि सफलता पाउन सक्दैन । सुरज थापा खप्तरी पनि मेहनति व्यक्तिहरुमध्येका एक हुन, जसले आफ्नो पेसाको सम्मान गरेर त्यसमा मेहनत पनि गरे ।
त्यसैले त पोखरामा आयोजना भएका सडक महोत्सव, राष्ट्रिय औधोगिक ब्यापार मेला, पोखरा महोत्सब, लेखनाथ महोत्सब मात्र नभएर वालिङ महोत्सव, आदिवासी जनजाति महोत्सव, सराङ्गकोट महोत्सब, प्राइम लाइफ रमाईलो मेला लगायतका मेला महोत्सव र विभिन्न सांगीतिक कार्यक्रम एवं रियालिटी सो हरुमा उद्घोषण गरेर नेपालका विभिन्न शहरहरुमा उनले आफ्नो कुशल प्रस्तुति कला देखाइसकेका छन् । उद्घोषणको क्षेत्रमा लागेको आधा दशकमै यत्तिको उपलब्धि हासिल गर्नु सहज नभएपनि विभिन्न खालको कार्यक्रमहरुमा कार्यक्रमको प्रकृति अनुसार आफ्नो आवाज र शैलीमा फरक खालको प्रस्तुति दिन सक्ने खुबि हुनुलेनै उनलाई सफलता मिलेकोमा दुइमत पक्कै छैन । आफ्नो काम प्रति जोश, जागर, लगनशिलता एवं सकारात्मक सोचको कारण पनि सुरजको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको हो ।
हुनत सुरज गुल्मी जिल्लाको लिम्घा गाविसमा जन्मिएका हुन् । पिता सुबेदार मेजर चोक बहादुर र माता फुलमायाको कान्छो सन्तानको रुपमा जन्म लिएका सुरज थापा सानै देखि चञ्चले र लगनशिल स्वभावका थिए रे । भनिन्छ नि हुने विरुवाको चिल्लो पात र नहुनेको सानै देखि खस्रो । सोही भनाईसँग मेल खाँदै थापा बाल्यकालदेखिनै अरु सँग कुरा गर्न नडराउने र नलजाउने स्वभावका उद्घोषण कलामा समेत माहिर थिए । गाँउकै सरकारी स्कुलमा पढ्दै र घरकै काम गर्दै आफ्नो बाल्यकाल बिताएका सुरज स्कूलमा हुने कुनै पनि कार्यक्रमा उद्घोषकको रुपमा उनैलाई छनौट गरिन्थ्यो । जब व्यक्तिलाई प्यास लाग्छ, अनि ऊ कुवा खाज्दै भौतारिन्छ, न कि कुवा नै आएर व्यक्तिलाई पानी खा भन्छ । सानै देखि उद्घोषणमा रुचि राख्ने थापाले पनि स्कूले जीवनपछि त्यही प्यासलाई मेटाउन र उच्च शिक्षा हासिल गर्ने लक्ष्यका साथ पोखरा आए । आफ्नो माइलो दाजु शिव थापा मगरको प्रेरणा र साथले जब सुरजको आगमन सुन्दर नगरी पोखरामा भयो अनि उनको यात्राले गती प्राप्त गर्न थाल्यो ।
पोखरा आईसकेपछि सफल उद्घोषक बन्ने सपना बुनेका उनले वि.स. २०६२ सालमा पोखरा उद्योग वाणिज्य हलमा भएको “स्कुल स्टुडेण्ट ट्यालेण्ट शो” नामक गायन तथा नृत्य प्रतियोगितामा पहिलोपटक उद्घोषकको रुपमा काम गर्ने अवसर पाए । थापाको लागि पोखरामा उक्त कार्यक्रमको अनुभव पहिलो थियो । तर उनलाई सोही कार्यक्रबाट पाएको सकारात्मक प्रतिक्रियाबाट यात्रा अगाडी बढाउन हौसला मिल्यो । उक्त कार्यक्रम पश्चात बिस्तारै उनले पोखरामा सञ्चालन हुने विभिन्न कार्यक्रममा उद्घोषकको रुपमा उनले अवसर पाउन थाले । जेठो दाजु टिका थापा कलाकार भएकोले पनि सुरजलाई सांगीतिक क्षेत्रमा अलिक सहजता मिलेको थियो ।
थापाको परिचय उद्घोषक, कोरियोग्राफर मात्र नभएर एक कुशल सञ्चारकर्मी पनि हुन् । सञ्चार क्षेत्रमा काम गर्ने शिलशिलामा उनले पोखरा प्लस टेलिभिजनमा करिब दुई वर्ष टेलिभिजन प्रस्तोता भिजेको रुपमा काम समेत गरे । टेलिभिजनमा काम गरिसकेपछि उनको काममा अझै निखारता आउँदै गयो । त्यस पछाडी क्रमश उनले रेडियो कार्यक्रम, मेला महोत्सव, लाईभ कन्सर्ट, रियालिटी सो देखि दर्जनौं ब्युटि प्याजेन्टहरुमा उद्घोषक, कोरीयोग्राफर, लिड टूेनरको रुपमा काम गरीसकेका छन् । उद्घोषण क्षेत्रमा मात्र हैन पछिल्लो समयमा सफल कोरीयोग्राफरको रुपमा आफूलाई पोखरामा स्थापित गराउन सफल उनले सुरुमा सानो परी एण्ड सानो बाबु मार्फत कोरीयोग्राफी शुरु गरेका थिए ।
थापाले आफ्नो करियरमा मिस पश्चिमाञ्चल, मिस मगर, मिस फेरी, मिस गण्डकी, लिटल प्रिन्स एण्ड फेरी लगायतका प्रतियोगीता साथै दर्जनौ फेशन शो हरुमा कोरीयोग्राफरको सफल भूमिका निभाइसकेका छन् । यतिमा मात्रै होइन, थापा हाल रिवर्थ इभेन्ट मेनेजमेन्टको प्रबन्ध निर्देशक, सुनौलो एफ एम १०२.२ मेगाहर्गको कार्यक्रम संयोजक, लायन्स क्लव अफ सुन्दर नगरी, हाम्रो गोरेटो राष्ट्रिय मासिक, इन्टरनेशनल टेक्वान्दो फेडरेशन, जीत हाम्रो इभेन्ट, मगर संघ लगायतमा आवद्ध रहनुका साथै थापा आर्टस एण्ड प्रिन्टिङ सर्भिसका संञ्चालक र एउटा कुशल ग्राफीक्स डिजाइनर समेत हुन् । कोरीयोग्राफी र उद्घोषणको क्षेत्रमा निरन्तर अगाडि बढ्ने सोच बनाएका सुरज कोरीयोग्राफी व्यवसायको भविष्य निकै राम्रो देख्छन् । कुनै पनि पेशा सानो वा ठूलो भन्ने हँुदैन, त्यसलाई सकारात्मक सोचका साथ एकमत भएर काम गर्न सके सफलता अवश्य पनि पाउन सकिन्छ । आफूले गरेको पेशालाई अरुले नराम्रो सोच्ने गर्छन् भन्ने सोचाईका साथ अगाडि बढ्न खोजे कोही पनि व्यक्ति सफल हुन सक्दैन । आफूले गरेको पेशा ठिक छ र म यसैमा लागे राम्रो हुन्छ भन्ने सोच राख्न सके सफल हुन धेरै समय लाग्दैन । कुरा यत्ति हो काममा लगनशील हुनु जरुरी छ । सुरज थापा खप्तरीलाई पनि यो पेशा अपनाउने क्रममा खुट्टा तान्ने व्यक्ति नभएका भने होइनन् । तर थापालाई थाहा थियो, सफल हुने इच्छा छ भने हटेर होइन डटेर लाग्नुपर्छ । उनले पनि त्यही गरे र त्यसको प्रतिफल आज देखिएको छ, थापा हाल पोखरामा उद्घोषक, कोरियोग्राफर, सञ्चारकर्मी, ब्यवसायी लगायत अन्य प्रतिष्ठित पदका साथ परिचित भएर बाँच्न सफल छन् ।
उद्घोषण पनि मनोरञ्जनको एउटा पाटो हो । आफूले गरेका सयौँ कार्यक्रम मध्ये लाइभ कन्सर्ट होस्ट गर्दामा आफूलाई पनि छुट्टै मनोरञ्जन मिलेको थप्छन् सुरजले, कोरियोग्राफी क्षेत्रमा सिर्जनशिलता, राम्रो बोल्न सक्ने, फेसन, संगीत, नृत्य(संस्कृति आदिको राम्रो ज्ञान भएको व्यक्ति मात्र सफल कोरीयोग्राफर बन्न सक्ने बताउने उनी पोखरामा दक्ष कोरीयोग्राफर निकै कम रहेको दुखेसो पोख्छन् । ‘अहिले कोरीयोग्राफर हुँ भन्ने फेसन चलेको छ ।’ उनी अगाडि थप्छन् ‘दक्ष कोरीयोग्राफर पोखरामा निकै कम छन् ।’ पोखरामा आयोजना हुने ठूला प्रतियोगितामा बाहिरबाट नै कोरीयोग्राफर ल्याउनु पर्ने बाध्यता रहेको उनले सुनाए। कोरियोग्राफीको बारेमा काठमाडौंमा गएर ज्ञान समेत लिएको बताउने उनी यो क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यका साथ अगाडि बढ्ने बताउँछन् ।
लेखक पौडेल विद्यार्थी पत्रकार हुन् ।

Post a Comment