गोल्डेन न्यूज संवाददाता
पोखरा २० चैत ।
५८ औं राष्ट्रिय सहकारी दिवस देशभर ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसैक्रममा पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । त्रिदिवसीय रुपमा सहकारी दिवस मनाउने क्रममा पोखरामा शुक्रबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । पोखराको चिप्लेढुङ्गा बाट सुरु भएको प्रभातफेरी कार्यक्रम महेन्द्रपुल नयाँबजार हुदै प्रर्दशनी केन्द्रमा गएर सभामा परिणत भएको थियो । ¥यालीमा कास्कीका विभिन्न सहकारी संस्थाका सहकारीकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । सभामा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले हरेक सहकारी संगठन, सीप, बचत तथा उद्यमशीलतालाई प्राथमिकतामा राखेर उन्नतिको बाटोतर्फ जानुपर्नेमा जोड दिएका छन् । राज्यको आथिर्क समृद्धिमा सहकारीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउँदै थपलियाले भने–‘सहकारी संगठन, सीप, बचत तथा उद्यमशीलतालाई प्राथमिकता मा राखेर अगाडि बढ्न सके नेपाललाई समृद्धिको बाटोमा जान कसैले रोक्न सक्दैन ।’ सरकारले देश विकासका लागि मुख्य मेरुदण्ड भनेको सार्वजनिक, नीजि र सहकारीलाई भनिसकेको अवस्थामा सहकारी केही हदसम्म पछि परेको स्मरण गर्दै थपलियाले हरेक सहकारीलाई अगाडि ल्याउनका सहकारी उत्पादनशील भएर जानुपर्नेमा समेत जोड दिए् । सहकारीमा भएका केही विकृतिहरुलाई हटाएर नयाँपन ल्याउन सके सहाकरीले हरेक क्षेत्रमा आफ्नो पहुँच बनाउन सक्ने थपलियाको भनाई छ । ‘स्थानीय श्रोत, साधन, सीपबाट आधारित भएर सहकारीले आफूलाई नयाँपन दिनु जरुरी छ ।’ थपलियाले भने–‘नयाँपन दिन सके सहकारी नेपालको सामाजिक र आर्थिक रुपान्तरणको कारक तत्व बन्न सक्छ ।’ हरेक सहकारीले नेपालको गरिबी हटाउनका लागि मात्र नभएर जनताको आर्थिक पाटोलाई बलियो बनाउनका लागि समेत काम गर्नुपर्नेमा थपलियाले कार्यक्रममा जोड दिएका थिए । साथै नेपालको युवा जनशक्तिलाई विदेश जानबाट रोक्नका लागि सहकारीहरुले रोजगारी सृजना गर्नुपर्ने समेत क्षेत्रीय प्रशासक थपलियाले कार्यक्रमा जोड दिएका छन् ।

सभामा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले ५८ औँ राष्ट्रिय सहकारी दिवसको नारालाई सार्थक पार्नका लागि सबै सहकारी एक भएर काम गनुपर्नेमा जोड दिए । स्थानीय श्रोत र साधनलाई प्रयोग गरेर सहकारीहरु उत्पादनशील बन्न सके मात्र नेपालमा सहकारीले आफ्नो फरक ठाउँ बनाउन सक्ने राउतको भनाई रहेको छ । कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङ्गले २५ लाखभन्दा बढी नेपाली जनताको भविष्य सहकारीसंग जोडिएकाले सहकारीको ७ सिद्धान्तलाई आत्मसाथ गरेर काम गर्न सबै सहकारीकर्मीलाई आग्रह गरे । नेपालका सहकारीहरु अझै पनि चर्को करको दायरामा भएको बताउँदै सहकारी ऐन परिर्वतन गर्नुपर्ने आवश्यक रहेको गुरुङ्गका कार्यक्रममा औँल्याएका थिए । जिल्ला सहकारी सघंका निर्वतमान अध्यक्ष प्रभा कोइरालाले राज्यले सहकारीलाई ध्यान नदिएकाले चर्को करको दायरामा परेको बताउँदै दुख व्यक्त गरिन् । सहकारी उत्पादनका आधारमा अगाडि बढ्नुपर्नेमा कोइरालाले जोड दिएकी छिन् । विदेशीन लागेका युवालाई स्वदेशमा नै रोजगारी दिन सक्ने सक्षम सहकारी बनेर नमुनाको रुपमा हरेक सहकारी एक भएर लाग्नुपर्नेमा समेत कोइरालाले सहकारीकर्मीलाई आग्रह गरिन् ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कफी सहकारी संघ लिमिटेडका अध्यक्ष आनन्द सुवेदी, जिल्ला उपभोक्ता सहकारी संघ लिमिटेडका कार्यबहाक अध्यक्ष कृष्णप्रसाद बराल, राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष रामहरि बजगाईँ, केन्द्रीय दुग्ध उत्पादन सहकारी संघका लेखा संयोजक युवराज पराजुली लगायतले सहकारीलाई उत्पादनशील बनाएर कास्कीका सहकारीलाई नमूना सहकारीको रुपमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य बद्रीनाथ अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष हरिभक्त पौडेलले संचालन गरेका थिए ।
५८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ कास्कीले विभिन्न सहकारी संघ तथा कर्मचारीहरुलाई समेत सम्मान गरेको छ । उनीहरुलाई प्रमाणपत्रले कार्यक्रममा सम्मान गरिएको हो । यसरी सम्मानित हुने सहकारी र सहकारीकर्मीहरुमा पोखरा रोयल सहकारी संस्था लिमिटेड अध्यक्ष भीम गुरुङ्ग, सञ्चय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायण कार्की, फ्याफुल्ला विकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु तामाङ्ग, शुभेच्छा बचतछ तथा ऋण सहकारी संस्थाका ज्ञानु तिवारी, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्रशिक्षक ईश्वरी ढकाल, फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका हरिदत्त पौडेल, जयमनकामना ऋण तथा बचत सहकार िसंस्था लामाचौरका शुसिुल क्षेत्री रहेका छन् भने सम्मानित हुने सहकारी संस्थाहरुमा सयपत्री सहकारी संस्थाका लेखा समिति, गौरीशंकर दुग्ध प्रशोधन सहकारी संस्था लिमिटेड पुम्दीभुम्दी, चक्रदेवी बहुमुखी सहकारी संस्था लेखनाथ, रुपाताल रुपान्तरण ऋण तथा बचत सहकारी संस्था रहेका छन् ।
त्यस्तै राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित ¥यालीमा उत्कृष्ट हुन सफल विभिन्न सहकारी संस्थाहरु समेत पुरस्कृत भएका छन् । ¥यालीमा सयपत्री बचत तथा ऋण सहकारी संस्था प्रथम, सभ्य समता बचत तथा ऋण सहकारी संस्था लिमिटेड लाहाचोक दोस्रो, धर्मस्थली बचत तथा ऋण सहकारी संस्था पोखरा– ५ तेस्रो, पिपलडाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र शिशुवा कृषि सहकारी संस्था लिमिटेड तथा नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सान्त्वना हुन सफल भएका थिए भने ¥यालीमा कास्कीकोट बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट हुन सफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय प्रशासक थपलियालाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका हुन् ।
Post a Comment