0
युवाको सम्मान ः कास्कीको लेखनाथ नगरपालिका घर भएर काठमाडौंमा वैदेशिक रोजगार व्यवसायमा संलग्न पदमराज पौडेललाई सम्मान गर्दै शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित । उनलाई ब्रम्हरुपा उच्च माविको कम्प्युटर ल्याव बनाउन सहयोग गरेको भन्दै विद्यालयको ३५औं वार्षिकोत्सवमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।                  तस्वीर ः गोल्डेन न्यूज दैनिक

 ब्रम्हरुपा उमाविको वार्षिकोत्सव
पोखरा २ माघ ।(गोल्डेन)
लेखनाथको जनताको चौतारास्थित ब्रम्ह्रुपा उच्च माबिको ३५ औं बार्षिकोत्सवका अवसरमा शुक्रबार बिद्यालयको कम्प्युटर ल्याब बनाउन सहयोग गर्ने ब्यबसायी तथा समाजसेवी पदमराज पौडेल सम्मानित भएका छन् । पौडेल लेखनाथ १० घर भइ हाल काठमाण्डौमा ओभरसिज ब्यवसाय संचालन गरीरहेका छन् । कार्यक्रममा शिक्षा सचिव विश्वप्रकाश पण्डितले विद्यालयका लागि पाँच थान कम्प्युटर प्रदान गरेका वल्र्ड पाथ मिसन नेपालका संयोजक समेत रहेका पौडेललाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे । पौडेलले लेखनाथ सहित नेपालका बिभिन्न जिल्लामा कम्प्युटर सहित शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको बताए । कार्यक्रममा बोल्दै शिक्षा सचिब पण्डितले आफू पनि कास्की र अझ त्यसमा पनि लेखनाथ क्षेत्रकै बासिन्दा भएकाले यस क्षेत्रको बिकासका लागि सक्दो सहयोग गर्ने बताए । उनले आफ्नो काँधमा समग्र नेपालको शिक्षा क्षेत्रको मुहार फेर्ने दायित्व रहेको भन्दै त्यसलाइ कुशलतापुर्वक सम्पन्न गर्न लागिपरेको बताए । शिक्षा सचिब पण्डितले सोही कार्यक्रममा बिद्यालयको नब निर्मित चार कोठे भबनको समेत उद्घाटन गरेका थिए । शुक्रबारनै बिद्यालयमा निर्माण भएको सरस्वती मन्दिरको पनि उद्घाटन गरिएको थियो । कार्यक्रममा चन्दादाता, उत्कृष्ट कर्मचारी, शिक्षक एवं शैक्षिक तथा अतिरिक्त क्रियाकलाप मा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । 





Post a Comment

 
Top