0
सुजुकी गाडीको गण्डकी र धौलागिरी अञ्चलको आधिकारिक बिक्रेता बतास अटोमोबाइल्स नयाबजार पोखराले सुजुकी कम्पनीको सुजुकी सियाज कार आइतबार सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमका बीच बतास अटोमोबाइल्सका सञ्चालक विपिनराज बतास र सीजी मोटरकारका डिलर इन्चार्ज मञ्जुल अमात्यले सार्वजनिक गरेका हुन् । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बतास अर्गनाइजेशनका व्यवस्थापक गणेश ढकालले गाडी १४ सय सि.सि इन्जीन क्षमता, भी.भी.टी इन्जीन, इलेक्ट्रिक स्टार्ट, स्टेरिङ्ग कन्ट्रोल म्यूजिक सिस्टम जस्ता सिस्टम रहेको जानकारी दिए । साथै उक्त गाडीको बुलुतुथ, रियर क्यामरा, पछाडि बस्ने यात्रुका लागि समेत ए.सी जडित, एयर ब्याग, एन्टी लक ब्रेक सिस्टम, इलेक्ट्रोनिक बे्रक फोर्स डिस्ट्रीबयूसन जस्ता अत्याधुनिक सिस्टम समेत रहेको ढकालले बताएका छन् । कार्यक्रममा बतास अर्गनाइजेशन पोखरा नयाबजारका सञ्चालक बिपिनराज बतासले सुजुकी सियाज गाडी पेट्रोल तथा डिजल इयन्जिन दुवैमा उपलब्ध रहेको जानकारी दिए । त्यस्तै सियाजको इन्जिनले प्रति लिटर २०.७३ र डिजल इन्जिनले प्रति लिटर २६.२ माइलेज दिने कम्पनीले जानकारी दिएको छ । साथै गाडीको प्रारम्भिक मूल्य ३२ लाख ९९ हजार देखि ३८ लाख ९९ हजार रहेको समेत कम्पनीले जानकारी दिएको छ । बतास अर्गनाइजेशनका सञ्चालक विपिनराज बतासकोृ अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको बतास अर्गनाइजेशनका मानव संसाधन प्रमुख विश्वमणि भण्डारीले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top