0
कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रकाली चोक पोखरा – १३ को १६ औ वार्षिकोत्सवको अवसरमा शनिवार विविध कार्यक्रम गरिएको छ । सहकारीले आफ्नो वार्षिकोत्सवमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् भने स्वास्थ्य शिविरमा चार सय पाँच जनाको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गरिएको छ । कोन सहकारी सहित बुद्विसागर लामिछाने स्मृति प्रतिष्ठान र लायन्स क्लव अफ पोखरा सेन्ट्रलको संयुक्त आयोजना तथा वि.जि हस्पिटल माटेपानीको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर गरिएको हो । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य बद्रिनाथ अधिकारीले पहिलो रक्तदाता अनिश श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए पनि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा कालु शर्माले विरामीको अल्ट्रासाउण्ड गरी स्वास्थ्य शिविरको शुभारम्भ गरेका थिए । त्यसअवसरमा समाजसेवी विश्व सिग्देल, युवराज त्रिपाठी, भद्रकाली बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बजिरमान श्रेष्ठ, भद्रकाली उच्च माविका प्राचार्य घनश्याम रिजाल, रक्तदान कार्यक्रमका संयोजक तीर्थ बस्नेत, लायन्स क्लव अफ पोखरा सेन्ट्रलका पुर्वअध्यक्ष विशेश्वर आचार्य, रक्त संचार केन्द्र पोखराका ध्रुव लामिछाने र कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका सचिव शान्तकुमार श्रेष्ठले बोलेका थिए । कार्यक्रम कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शरदकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।



Post a Comment

 
Top