0
रेवान पोखराको आयोजनामा पर्यटकीय लेकसाइडमा सम्पन्न १६ औं पोखरा सडक महोत्सवमा पोखरा बाहिरबाट करिब ३७ प्रतिशत पर्यटक आएको एक सर्वेक्षणले देखाएको छ । गन्थन डटकमले गरेको अनलाइन सर्वेक्षणबाट सडक महोत्सव घुम्नका लागि पोखरामा ३७ प्रतिशत पर्यटक आएका हुन् । ति मध्ये काठमाडौ, चितवन, बुटवल लगायतका क्षेत्रबाट धैरै मात्रामा पोखरा आएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा अनलाइन मार्फत तीन वटा प्रश्न सोधिएको थियो । सर्वेक्षणमा भाग लिएका मध्ये ७३ प्रतिशतले पोखरा सडक महोत्सवको अवलोकन गरेका छन् भने २७ प्रतिशतले अवलोकन नगरेको बताएका छन् । सडक महोत्सव अवलोकन गरेका मध्ये ६१ प्रतिशतले सडक महोत्सवमा परिर्वतन भएको बताएका छन् भने ३९ प्रतिशतले सडक महोत्सवमा कुनै पनि परिर्वन नभै पहिले कै जस्तै भएको बताएका छन् । के सडक महोत्सवले आगामी वर्षमा पनि निरन्तरता दिनु पर्दछ ? भने प्रश्नमा ७७ प्रतिशतले सडक महोत्सवले निरन्तरता पाउनु पर्ने बताएका छन् भने विपक्षमा २३ प्रतिशतले सर्वेक्षणमा भाग लिएका
छन् । सडक महोत्सव सन्चालन भएको दिन देखि ७ दिन सम्म गरिएको सर्वेक्षणमा करिब ४ हजार जनाले सहभागीता जनाएका थिए । सडकबाट महोत्सव हटाएको कति पर्यले नराम्रो लागेको बताएका छन् भने कतिले सडकमा हिड्न सजिलो भएको बताएका छन् । सडक महोत्सवलाई आगामी वर्ष गर्दा मूल्य नियन्त्रण गर्नु पर्ने, पार्किङ्ग शुल्क लिन नहुने, इभमा धेरै पटका पड्काउनु पर्ने, सांस्कृतिक कार्यक्रमलाई अझ जोड दिनुपर्ने, नयाँ पन के नकेहि थप्नु पर्ने लगायतका सुझाब दिएका छन् । सर्वेक्षणमा भाग लिएका मध्ये केहिले सडक महोत्सवको प्रचारका लागि शहरभरि रक्सीको प्रचार गर्न नहुने, सडक महोत्सवलाई खुल्ला पार्कमा गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

Post a Comment

 
Top