माघ ८ भित्रै संविधानको मस्यौदा आउनुपर्ने र भावी संविधान महिलामैत्री हुनुपर्नेमा जोड दिंंदै नेपाल महिला संघ कास्कीले बुधबार पोखरामा ¥याली र सभाको आयोजना गर्यो । नेपाली कांग्रेस कास्कीको कार्यालय चिप्लेढुङ्गाबाट सुरु भएको ¥याली महेन्द्रपुल, नयांँबजार, पृथ्वीचोक, सभागृह न्यूरोड हुँदै बीपीचोक चिप्लेढुङ्गमा आएर सभामा परिणत भएको थियो । सभामा बोल्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवराज चालिसेले जनताले संविधान निर्माणका लागि जिताएर पठाएका सभासदहरुले संविधानसभा भवनभित्रै रडाको मच्चाएकोमा दुःख व्यक्त गरे । उनले एमाओवादी लगायतका दलहरुलाई सहमतिमा आउन या प्रक्रियाबाट संविधान निर्माणमा अवरोध नगर्न आग्रह गरे । नेपाल महिला संघ जिल्ला कार्य समिति कास्कीका अध्यक्ष कोपिला रानाभाटले नेपाली जनतालाई हिंसा र अराजकताको राजनीति नभएर संविधान आवश्यक रहेका बताइन् । राजनीतिक दलका शीर्ष नेताहरु लडाई झगडाको समस्यामा अडिग भएर बस्नुभन्दा सबैलाई मान्य हुने संविधान तोकिएको समयमा नै जारी गर्नका लागि एकजुट भएर लाग्नुपर्ने रानाभाटको जोड थियो । साथै नयां बन्ने संविधान महिलामैत्री हुनुपर्ने उनको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सचिव युवराज कुँवरले संविधान निमार्णमा दलहरु गम्भीर नभएको भन्दै हरेक नागरिकलाई मान्य हुने किसिमको संविधान निर्माण गर्नुपर्नेमा जोड दिए । नेपाल महिला संघ जिल्ला कार्य समिति कास्कीकी सचिव सीता गुरुङ्गले आमाको नामबाट समेत सजिलै तरिकाले नागरिकता बनाउन मिल्ने व्यवस्था गराउन आग्रह गरिन् । साथै संविधानमा महिला माथि हुने हरेक हिंसालाई न्यूनीकरण गर्नका लागि कडा भन्दा कडा कानून निर्माण गर्नु आवश्यक रहेको उनले बताइन । नेपाली महिलाहरु आजको एक्काइसौं शताब्दिमा चुलोचौकोमा मात्र सीमित नभएर राजनीतिक, आर्थिक विकास तथा सामाजिक काममा समेत सक्षम भइसकेको अवस्थामा संविधान पनि महिलामैत्री नै हुनुपर्ने गुरु।ले बताइन ।
यसैबीच महिला संघ कास्कीले संविधान निर्माणका लागि दवाव दिंदै संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने भएको छ । ज्ञापन पत्रमा महिलामैत्री संविधान निर्माण हुनुपर्ने, राष्ट्रिय महिला आयोगको संवैधानिक व्यवस्था हुनुपर्ने, महिला विरुद्ध हुने सबै किसिमका हिंसाको अन्त्य गर्न कानूनी व्यवस्था हुनुपर्ने लगायतका १७ बुँदे माग समावेश गरिएको संघकी सचिव सीता गुरुङले गोल्डेन न्यूज दैनिकलाई बताइन ।

Post a Comment