नयाँ पिँढीलाई वातावरणको विनाशतर्फ सजग बनाई हरियालीको महत्वबारे सुचित गर्ने उद्देश्यले मदरल्यान्ड उच्च मा.वि.का विद्यार्थीहरूको एक टोली बंगलादेश प्रस्थान गरेका छन् । नोट्रेडम कलेजको आयोजना र युएनडिपी, अमेरिकी सरकार, युएनइपी, जेआसिए र बंगलादेश सरकारको प्रायोजनमा जनवरी २२ देखि २५ सम्म सम्पन्न हुन गइरहेको प्रथम अन्तर्राष्ट्रिय प्राकृतिक सम्मेलन–२०१५ मा नेपालबाट प्रतिनिधित्व गर्दै सहभागिता उनीहरु त्यसतर्फ गएका हुन् । टोलीमा अञ्जली पौडेल कक्षा आठ, कृति बराल कक्षा सात, विवेक बराल कक्षा नौ, विवेक सापकोटा कक्षा ११, आशिष लामिछाने कक्षा नौ र शिक्षक बामनकुमार घिमिरेलाई बुधबार विद्यालय प्राङ्गणमा शुभयात्रा एवं सफलताको कामना गर्दै बिदाई गरिएको विद्यालयले जनाएको छ । प्रतियोगितामा अमेरिका, जापान, रसियालगायत २० ओटा उच्च मा.वि.का गरी ६० समूहले सहभागिता जनाउने बताइन्छ् ।
विद्यालयका अङ्ग्रेजी शिक्षक बामनकुमार घिमिरेको नेतृत्वमा जान लागेको टोलीलाई विद्यालय निर्देशक त्रिभुवन शर्मा तथा प्रधानाध्यापक प्रेमनारायण पोख्रेलद्वारा खादा तथा टीका लगाई बिदाई गरिएको थियो ।
विद्यालयका अङ्ग्रेजी शिक्षक बामनकुमार घिमिरेको नेतृत्वमा जान लागेको टोलीलाई विद्यालय निर्देशक त्रिभुवन शर्मा तथा प्रधानाध्यापक प्रेमनारायण पोख्रेलद्वारा खादा तथा टीका लगाई बिदाई गरिएको थियो ।
Post a Comment