श्री गाँउ विकास वहुमुखी संस्था लि. पोखरा–१६ बाटुलेचौरको १५ औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष कुञ्जराज थापाले सानो पुँजीबाट स्थापित यो सहकारीले यस क्षेत्रमा रहेका विपन्न, महिला तथा गरिबहरुको सहभागीतामा जोड दिदै अग्रणी संस्थाको रुपमा अगाडी बढाएकोमा आभार व्यक्त गर्नुभयो ।
सभाले सहकारीका अध्यक्ष प्रकाश थापाबाट गरिएको आगामी वर्षको कार्यक्रमलाइ अनुमोदन गरेको छ । सहकारीका व्यवस्थापक तथा उपाध्यक्ष मोहन बहादुर थापाले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुग गर्नुभएको थियो ।
सभामा नेपाल सरकारका सहसचिव वेनी बहादुर बस्नेत, हिमालय क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठ, नागरिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरनाथ भटराई, विन्ध्यवासिनी उच्च माविका प्राचार्य खिमलाल अधिकारी, एकल महिला समुहका अध्यक्ष दुर्गा के.सी.लगायतले सहकारीको महत्वको बारेमा वोल्नु भएको थियो
सहकारीले उत्कृष्ठ वचतकर्ता यमकुमारी पुर्जा, कालिका रेग्मी, सम्झना खड्का र राजेन्द्र के.सी. लाई सम्मान गरेको छ ।

Post a Comment