पोखरा ४ माघ ।(गोल्डेन)
पश्चिमाञ्चल होटल संघ पोखरामा ४ जना नयाँ सदस्यको मनोनयनसँगै संघको नयाँ कार्यसमितिले पूर्णता पाएको छ । संघको विधानले दिएको अधिकार प्रयोग गरी संघका नवनिर्वाचित अध्यक्ष भरतराज पराजुलीले नयाँ समितिलाई आइतबार पूर्णता दिएका हुन् । मनोनित सदस्यहरुमा माउण्ट कैलाश रिसोर्टका संचालक नरेशवहादुर भट्टराई, होटल पिसपूmलका राकेश श्रेष्ठ, होटल माउण्टेन भ्यूका हेमराज पहारी र होटल पेनन्सुलाका खेम ढकाल रहेका छन् । गत पुस २८ गते सम्पन्न संघको पाँचौं अधिवेशनबाट १३ सदस्यीय कार्यसमिति चयन भएको र अहिले ४ जना मनोनित भएपछि संघको पूर्ण कार्यसमिति १७ सदस्यीय भएको छ । समितिको कार्यकाल २ वर्षको हुने छ । नवनिर्वाचित कार्यसमितिको संघको कार्यालय लेकसाइडमा बसेको बैठकले अन्य महत्वपूर्ण निर्णय पनि गरेको छ । बैठकले संघका सबै पूर्व अध्यक्षहरुलाई सल्लाहकारमा चयन गरेको छ ।
फेवा नव वर्ष महोत्सव २०७१ लाई आगामी चैत २८ देखि वैशाख २ गतेसम्म पाँच दिन संचालन गरिने भएको छ । यसैगरी भारतीय बजारलाई लक्षित गरी चलिय पोखरा कार्यक्रम लिएर प्रवद्र्धनमा जाने निर्णय पनि संघले गरेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

Post a Comment