0
गोल्डेन न्यूज संवाददाता
पोखरा ३ माघ ।
पोखरा उपमहानगरपालिका को महेन्द्रपुलमा प्रधान कार्यालय रहेको यस गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७१÷ ७२ को अर्धवार्षिक अवधिमा करिव १० करोड ५० लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
त्यसै गरी २०७१ पौष मसान्त सम्म बैंकले करिव ४ अर्व ७५ करोड रुपैयां निक्षेप संकलन गरेको छ भने सो मिति सम्ममा लगानीमा रहेको कर्जा ४ अर्व ५ करोड रुपैयाँ भन्दा बढि रहेको छ । बैंकले आठौं वार्षिक साधारणसभा सम्पन्न गरी शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर प्रदान गरेको छ भने २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रक्रियामा रहेको छ । हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी रु. ५६ करोड १० लाख पुग्नेछ ।
बैंकले पोखरामा महेन्द्रपुल, सभागृहचोक र बाटुलेचौर समेत ३, स्याङजामा स्याङजा, वालिङ,  गल्याङ र बयरघारीमा समेत ४, पाल्पामा तानसेन र रामपुर समेत २, पर्वतमा कुश्मा, फलेवास र हुवास समेत ३, रुपन्देहीमा बुटवल र भैरहवा समेत २ र कपिलवस्तुको जितपुर, बाग्लुङको बाग्लुङ नगरपालिका, तनहुँको दमौली र नवलपरासीको कावासोतीमा १÷१ गरी कार्यक्षेत्र भित्र जम्मा ९ जिल्लामा १८ वटा शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

Post a Comment

 
Top