0
पोखराको नयाँबजारमा रहेको कुँवर प्रदर्श एण्ड सन्समा होण्डा एक्सचेन्ज मेला जारी छ । बुधबारबाट शुरु भएको तीनदिने मेला आज शुक्रबार समापन हुने छ । मेलामा बिहीबारसम्मा ४० मोटरसाइकल बुकिङ र साटफेर भएको बताइएको छ । मेला अवधिभर होण्डा ब्राण्डका सबै प्रकारका मोटरसाइकल, स्कूटर तत्काल उपलव्ध गराउने, हेल्मेट तथा यातायात कर समेत छुट हुने कम्पनीले जनाएको छ । होण्डा मोटरसाइकल ग्राहकमाझ लोकप्रिय भएको र ग्राहकहरुकै माग अनुसार मेला आयोजना गरिएको कँुवर व्रदर्श एण्ड सन्सले जनाएको छ । होण्डा कम्पनीका मोटरसाइकल तथा स्कूटरको मार्केट, सिरसेल भ्यालु तथा फ्रि सर्भिस जस्ता सुविधाका कारण माग बढेको कम्पनीको दावी छ ।

Post a Comment

 
Top