२८५१ आंै सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाजले पोखरामा आयोजना गरेको दोस्रो ल्होसार म्युजिक फेष्टिबल बुधबार सम्पन्न भएको छ । पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा आयोजित फेष्टिबलमा दर्शकहरु रमाएका थिए । फेष्टिबलमा दिउँसो ल्होसार सम्वन्धी सांस्कृतिक कार्यक्रम र साँझ चर्चित कलाकारहरुको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिएको थियो । बुधबार साँझ पोखरामा चिसो बढ्दैगर्दा प्रदर्शनी केन्द्र भने चर्चित कलाकारको प्रस्तुतीले तातेको थियो । कलाकारको प्रस्तुतिसँगै दर्शकहरु नाच्न व्यस्त देखिन्थे । फेष्टिबलमा निमा रुम्बा, सितल मोक्तान, रोज मोक्तान, तिष्णा गुरुङसहित जी नाइन र अलजाइमर व्याण्डको प्रस्तुति रहेको थियो । कार्यक्रम सफल भयो आयोजक बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले भने–‘सवैको सकारात्मक र रचनात्मक सहयोगका कारण नै कार्यक्रम सफल भएको ठानेको छु ।’ उनले फेष्टिबल सकिएपनि गुम्बा निर्माणका लागि भने सवैपक्षबाट निरन्तर सहयोग मिल्ने विश्वास व्यक्त गरे । मध्यान्ह १२ देखि राति आठ बजेसम्म संचालन भएको फेष्टिवलमा दर्शकको उत्साहजनक सहभागिता रहेको थियो । फेष्टिबल शुरु हुनुपूर्व शान्तिको कामना गर्दै गुम्वामा पूजा अर्चना गरिएको थियो । ल्होसार संस्कृतिको संरक्षण एवं पोखरा–६ लेकसाइडस्थित निर्माणाधिन तामाङ शान्ति गुम्वाका लागि अर्थ संकलन गर्ने उद्देश्यले म्युजिक फेष्टिबल आयोजना गरिएको हो । सो गुम्वा निर्माणका लागि झण्डै डेढ करोड रुपैयाँ खर्च लाग्ने बताइएको छ । यसअघि समाजले पहिलो पटक गतवर्ष पनि म्युजिक फेष्टिबल आयोजना गरेको थियो ।
यसपटकको फेष्टिबलबाट १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य लिइएको छ । फेष्टिबलको आय÷व्यय पछि सार्वजनिक गरिने छ । कार्यक्रमको संचालन संचारकर्मी सञ्जय मल्ल, बैदाम तामाङ युवा समाजकी अध्यक्ष जेसिका तामाङ र कलाकार राम लामाले गरेका थिए ।
यसपटकको फेष्टिबलबाट १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य लिइएको छ । फेष्टिबलको आय÷व्यय पछि सार्वजनिक गरिने छ । कार्यक्रमको संचालन संचारकर्मी सञ्जय मल्ल, बैदाम तामाङ युवा समाजकी अध्यक्ष जेसिका तामाङ र कलाकार राम लामाले गरेका थिए ।
Post a Comment