गोल्डेन न्यूज संवाददाता
पोखरा ३ माघ ।
तनहुँको छाङ्ग गाविसबाट पोखरा आई बसोबास गरेका ब्यक्तिहरुले छङ्गेली समाज पोखरा गठन गरेका छन् । शनिबार पोखरामा बसेको भेलाले तेजकुमार मल्लको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती गठन गरेको छ । समितीको उपाध्यक्षमा भरत कर्माचार्य, सचिव विष्णुकुमार श्रेष्ठ, कोषाध्यक्ष प्रल्हाद कायस्थ लाई चयन गरेको छ । यसैगरि सदस्यहरुमा शिबलाल मल्ल, रुद्र मल्ल, सुर्य कुमार राजभण्डारी, राजकुमार श्रेष्ठ र हेमन्त मल्ल रहेका छन् । नवगठित कार्यसमितिका अध्यक्ष तेजकुमार मल्लले आपसी सदभाव, मेलमिलाप तथा परिआएको बेला सहयोगी भावना राख्नका लागि समाजको आवश्यकता परेकोमा जोड दिए ।
समाजले फागुन २३ गते परिचयात्मक कार्यक्रम तथा पारिवारिक मिलन कार्यक्रम राखेको र कार्यक्रमले नचिनिएका सदस्यलाई चिनिने तथा नजिक हुने मौका पाईने कुरा सचिब बिष्णु कुमार श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रमका लागि सन्जय मल्लको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन गरिएको छ । जसमा बालकृष्ण श्रेष्ठ, बिनोद कतिला, सुरेन्द्र मल्ल राजकुमार मल्ल र मनिराज मल्ल रहेका छन् । समाजको आफ्नै बिधान निर्माणका लागि प्रल्हाद कायस्थ संयोजक रहेको बिधान उपसमिती गठन गरेको छ जसमा बुद्धी मल्ल र बिष्णु श्याम मल्ल सदस्य रहेका छन् । समाजले नया सालको नया क्यालेण्डर प्रकाशित गर्ने क्यालेण्डर प्रकाशन कमिटीका संयोजक कृष्ण मल्लले जानकारी दिए । कमिटीमा सन्जय मल्ल, बद्रि मल्ल, नारायण मल्ल र कृष्ण मल्ल रहेका छन् ।

Post a Comment