0
पोखरा–१२ स्थित शितलादेवी सामुदायिक प्रस्तावित उच्च माविले स्वर्ण महोत्सवको अवसरमा मङ्गलबार प्रभातफेरी निकालेको छ । बाजागाजा र भजनकिर्तन सहित विद्यालयबाट शुरु भएको प्रभातफेरी शितलादेवी, माटेपानी, गौडाकोमुख, माछापोखरी, ढिकालेथर, हस्पिटलचोक, रानीपौवा हुँदै पुनः विद्यालय प्राङ्गणमा पुगेर सकिएको थियो । प्रभातफेरीमा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षासेवी, आमा समूह र टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बरालले प्रभातफेरीको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै उनले विद्यार्थीलाई शिक्षा र अधिकारसँगै कर्तव्यप्रति पनि जिम्मेबार बनाउनुपर्ने बताए । उनले विद्यालयको स्वर्ण महोत्सवले विद्यार्थीको भविष्यको लागि समेत महत्वपूर्ण योगदान पु¥याउन सक्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्वर्ण महोत्सवका अध्यक्ष टिकाबहादुर कार्कीले स्वर्ण महोत्सव सफल बनाउन सबैलाई आग्रह गरे । कार्यक्रममा विद्यालयका शिक्षक रामचन्द्र अधिकारीले पनि बोलेका थिए । विद्यालयले स्वर्ण महोत्सवको अवसरमा माघ १० गतेदेखि विविध कार्यक्रम संचालन गर्दै आइरहेको छ । स्वर्ण महोत्सव अन्तर्गत १४ गते भूपू शिक्षक÷विद्यार्थीहरुको पुर्नमिलन तथा पुरस्कार वितरण र १५ गते मूल समारोह गरिने छ ।      यसअघि पनि स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयले गोष्ठी, लोक नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता र फुटबल प्रतियोगिता जस्ता कार्यक्रमहरु गरिसकेको छ ।

Post a Comment

 
Top