0
पोखरा उद्योग वाणिज्य संघले आफू सदाजस्तै बन्द र हड्तालको विपक्षमा रहेको प्रष्ट पारेको छ । संघका अध्यक्ष विन्दुकुमार थापालाई उधृत गर्दै केही संचारमाध्यममा आएका समाचारहरु कपोलकल्पित र अभिव्यक्त विचारलाई तोड्मोड गरिएको समेत संघले जनाएको छ । संघका महासचिव रविन्द्रबहादुर प्रजुद्वारा बुधबार जारी विज्ञप्तिमा बन्द र हड्तालको विकल्प खोज्न तथा नेपाल अनि पोखरालाई बन्दमुक्त क्षेत्र घोषणाको माग राख्दै अगाडि बढेको संस्थाले बन्द र हड्तालको समर्थन ग¥यो भन्नु ‘हत्केलाले सूर्यलाई छोप्न खोज्नु’ सरह भएको प्रष्ट पारिएको छ । विज्ञप्तिमा बन्द आह्वानकर्ताहरु सँगको भेटघाटमा बन्दको विरुद्धमा  मोटरसाइकल ¥याली तथा बन्दको अवज्ञा गर्ने कुनै कार्यक्रम आयोजना गरिएको छैन  भन्ने प्रश्नमा त्यस्तो कुनै कार्यक्रम नभएको जानकारी दिइएको जानकारी दिँदै अगाडि भनिएको छ–‘बन्द र हड्तालको प्रतिकारमा नउत्रनु भनेको  बन्द र हड्तालको समर्थन गर्नु कदापि होइन र यो हुन पनि सक्दैन ।’ विज्ञप्तिमा अभिव्यक्त विचारहरुलाई तोडमोडसहित बंग्याएर प्रकाशित गरिएको जिकिर गरिएको छ । जुनसुकै समूह वा राजनीतिक पार्टीहरुबाट आह्वान हुने बन्द र हड्तालका कार्यक्रमहरुको विपक्षमा रहको प्रष्ट पार्दै संघले २०७१ साल पुस २८ गते महासचिव रविन्द्र बहादुर प्रजुको हस्ताक्षर सहितको बन्द र हड्ताल नगर्न आह्वान गर्दै विज्ञप्ति जारी भएको  तथा संघको अगुवाईमा २०७१ साल माघ ४ गते आइतबार ‘बन्द सधैँका लागि बन्द गरौँ’ भन्ने उद्घोषका साथ शान्ति ¥यालीको आयोजना गरी आम नागरिक एवं नेपालको निजी क्षेत्र ,बन्द र हड्तालको पक्षमा नरहेको सन्देश प्रवाहित गरेको गरेको पनि स्मरण गरिएको छ ।
यसैगरी शान्ति ¥याली समापनसँगै संघको अगुवाईमा पोखराका विभिन्न संघ÷संस्थाहरुहरु द्वारा ‘बन्द सदाका लागि बन्द गरौँ र बन्दको विकल्प खोजौँ’ भन्ने आह्वान गर्दै पोखरामा अस्तित्वमा रहेको राजनीतिक दलहरुमध्ये ८ वटा दलहरुलाई ज्ञापनपत्र बुझाइएको संघले जानकारी गराएको छ । संघले आउँदा दिनहरुमा जुनसुकै पक्षबाट आह्वान हुने  बन्द र हड्तालको विपक्षमा आवाज बुलन्द गर्न आग्रह पनि गरेको छ ।

Post a Comment

 
Top