0
गोल्डेन न्यूज संवाददाता
पोखरा २ माघ ।
पोखरा उपमहानगरपालिका वडा नं. ४, सिद्धार्थचोक रामकृष्ण टोलका युवाहरुको बृहत् भेला शनिबार बसेको छ । युवा भेलाले परिवर्तन युवा क्लब गठन गर्ने निर्णय गर्दै सागर बस्नेतको अध्यक्षतामा गठित समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रञ्जन कालु श्रेष्ठ, सचिव दिप्लव माकाजु, कोषाध्यक्ष शुभलाल श्रेष्ठ, सह सचिव मोहमद अब्दुल मियाँ, सदस्यहरुमा रोहित अधिकारी, आशिष कपाली, निरोज लिगल, सुरज गुरुङ्ग, सुदिप परियार, कृष्ण श्रेष्ठ, अकबर अलि मल्लिक, अर्जुन परियार रहेको १३ सदस्यीय समिति गठन भएको हो । सकारात्मक सोचका लागि सम्पूर्ण युवा एक हौँ भन्ने नाराका साथ गठित क्लबले लागूपदार्थ तथा दुव्र्यसन हटाउन पहल गरि सिद्धार्थचोक, रामकृष्ण टोललाई नै पहिलो लागुपदार्थ तथा दुव्र्यसनमुक्त वडा घोषणा गर्ने पहिलो चरणको कार्यक्रममा रहेको अध्यक्ष बस्नेतले बताए । यसअघि युवा भेलाको उद्घाटन गर्दै भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान नेपाल कास्कीका अध्यक्ष तथा समाजसेवी कृष्ण पराजुली (ढाकामोहन) ले समाज परिवर्तनका लागि युवाहरुको खाँचो अपरिहार्य रहेको बताए ।
उनले देशमा व्याप्त भ्रष्टाचार, विकृति, विसङ्गति विरुद्ध लड्न युवा लाग्नुपर्ने भएको भन्दै गठित युवा भेलाले नया नयाँ कार्य गरि समाज सुधारमा लाग्न आग्रह गरे । क्लबले लिएका कार्य सफल गर्न भन्दै एक हजार एक सय पचपन्न नगद सहयोग समेत गरेका पराजुलीले क्लबको आर्थिक, नैतिक र भौतिक विकासका लागि हरतरहले लाग्ने प्रतिबद्धता समेत जनाए । युवा संघ नेपालका केन्द्रिय सदस्य अब्दुल हमिदले युवाहरुले समाजको सुधार गनुपर्ने भन्दै देश विकासमा लाग्न आग्रह गरेका हमिदले नगद दुई हजार समेत सहयोग गरे ।
सागर बस्नेताको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ कास्कीका सदस्य निजाम मियाँ, नवसिद्धार्थ महिला सहकारी संस्थाकी अध्यक्ष पार्वती माकाजु, नमुना महिला समूहकी अध्यक्ष ज्योति कोइराला, अभिभावक विष्णुमाया परियार, नवगठित क्लबका सचिव दिप्लव माकाजु लगायतले आ आफना् भनाई राखेका थिए । सो अवसरमा क्लबको विकासका लागि भन्दै विभिन्न व्यक्तिहरुले नगद आर्थिक सहयोग समेत गरेका थिए ।

Post a Comment

 
Top