पोखरामा आउने पर्यटकलाई ध्यानमा राखेर सुविधा सम्पन्न होटलहरु निर्माण भैरहेका छन् । पोखरा र आसपासमा पर्यटकीय क्षेत्रमा स्तरीय र सुविधायुक्त तारे होटल थपिने क्रम पछिल्लो समय बढ्दो छ । पोखराको लेकसाइडमा २२ करोडको लगानीमा चार तारे दी यात्रा कोट याड एण्ड रिसोर्ट संचालनमा आउने भएको हो ।
उक्त रिसोर्ट फेब्रुअरीबाट संचालनमा ल्याउने तयारी भैरहेको रिसोर्टका महाप्रवन्धक अश्विनी आचार्यले जानकारी दिए । रिसोर्टमा ४८ डिलक्स कोठा रहने छन् । जस मध्य एक स्वीट, दुई फेम्ली र ४६ डिलक्स कोठा हुनेछन् । एक रातको स्वीट रुमको ४ सय २५ डलर, फेमेलिको २ सय ७५ र डिलक्स रुमको १ सय ७६ डलरमा सेवा उपलब्ध हुने सन्चालक रामचन्द्र भट्टराईले बताए । रिसोर्टमा स्पा कम्प्लेक्स, रेष्टुरेण्ट, ८० जना क्षमताको कन्फेरेन्स हल, एक सय जना अट्न सक्ने रेष्टुरेण्ट पनि रहेको छ । चार तारे डिलक्स होटलका पमा इजाजतपत्र लिएपनि पाँच तारे होटलको सुविधा रहेको सन्चालक भट्टराईको दाबी छ । ‘रिसोर्टमा नियो क्लासिकल छ’, आर्चायले भने । जसमा पश्चिमा शैलिलाई फूजन गरी निर्माण गरिएको छ । रिसोर्टले विशेष गरि चिनियाँ र भारतीय पर्यटकलाई मध्यनजर गर्दै त्यही अनुसारको सेवा दिन लागेको हो । पर्यटन प्रर्वद्धनका लागि रिसोर्ट आफैंले भारत, चीन, हङकङ, थाइल्याण्ड र जापानमा प्रमोशन गर्ने योजना निर्माणकर्ताले बनाएका छन् ।

Post a Comment