गोल्डेन न्यूज संवाददाता
पोखरा ४ माघ ।
बन्द हड्ताल विरुद्ध पोखरामा शान्ति ¥याली निकालिएको छ । पोखराका उद्योगी व्यवसायी तथा सर्वसाधरणले बन्दलाई सधैंका लागि अन्त्य गर्नुपर्ने मागसहित सडकमा उत्रिएका हुन् । संविधान जारी गर्ने भनिएको निर्धारित मिति माघ ८ नजिकिदै गर्दा देशमा सुरु भएको बन्द हड्तालको श्रृंखलाबिरुद्ध पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा आइतबार पोखरामा ¥याली निकालिएको हो । उद्योग वाणिज्य संघको हल गैह्रापाटनबाट शुरु भएको ¥याली पोखराका मुख्य स्थानहरु महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक, न्यूरोड परिक्रमा गरी मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा पोखराका उद्योगी व्यवसायीका साथै विभिन्न संघसंस्थाले व्यानर प्लेकार्ड सहित सहभागिता जनाएका थिए । ¥याली पछि आयोजित कोणसभामा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले बन्द हड्तालको संस्कृति सधैंको लागि अन्त्य गर्न आग्रह गरे । लगातारको बन्दले उद्योग व्यवसाय धराशायी भएको भन्दै उनले बन्दको बिकल्प खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएका छन् । ‘बन्द, हड्ताललगायतका विरोध कार्यक्रम सधैंका लागि बन्द गरौं । यसले कसैलाई भलो गरेको छैन,’ थापाले भने । बिगतमा राजनीतिक दलले बन्द, हड्ताल नगर्ने प्रतिबद्धता जनाएपनि उनीहरुले नै कार्यान्वयन नगरेको थापाले बताए । ‘बिरोध गर्न पाउने अधिकार सबैको छ । तर, बन्दको विकल्प खोज्नुप¥यो,’ उनले भने, ‘एकदिनको बन्द, हड्तालले राज्यले एकअर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नुपर्छ । त्यसले व्यवसायीलाई मात्र असर परेको छैन, सबै क्षेत्रलाई धराशायी बनाएको छ ।’ थापाले बन्दको बिरुद्धमा निजी क्षेत्र सधैं उभिने भनाइ राखे ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले पोखरामा मात्रै नभई देशरभर बन्दको बिरोध गर्नुपर्ने बताए । बन्द हड्तालको कार्यक्रम फिर्ता लिएर शान्तिपूर्ण बाटोबाट संबिधान निर्माणमा लाग्न उनले राजनितिक दलका नेताहरुलाई आग्रह गरे । उनले बन्दले देशको आर्थिक संबृद्धिलाई पछि धकेल्ने स्पष्ट पारे । रेष्टरेण्ट एण्ड वार एशोसिएसन रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले बन्दको कारण पर्यटन क्षेत्र धराशायी भएको बताए ।
नेपाल घुम्न आएका पर्यटक बन्दको मारमा पर्दा विदेशमा समेत नेपालको नकारात्मक सन्देश जाने गरेको भनाइ छ । गण्डकी धौलागिरि यातायात व्यवसाय समन्व्य समितिका महासचिव गोकर्ण कार्कीले बन्दका कारणले सर्बसाधरण जनताले निकै सास्ती खेप्नुपरको बताए । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले आम नागरिकलाई सास्ती हुने बन्दका कार्यक्रम नगर्न राजनितिक दलहरुलाई सचेत गराए । बन्दको बिरुद्ध उत्रन उनले सबैसंग आग्रह समेत गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुले राजनीतिक दलले आफ्ना माग पुरा गराउन बन्दको विकल्प खोज्नुपर्ने धारणा राखे ।
यसैबीच, पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा राजनीतिक दललाई आइतबार ज्ञापन पत्र बुझाइएको छ । बन्दका कारणले अर्थतन्त्र तहसनहस हुनुका साथै पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने भएकाले बन्द आह्वान नगर्न ज्ञापन पत्रमा माग गरिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, नेकपा–माओवादी, जनमोर्चा, राप्रपा नेपाललगायतका ८ राजनीतिक पार्टीलाई ज्ञापन पत्र बुझाइएको अध्यक्ष थापाले बताए ।

Post a Comment