मोती भुजेल
मेरो बाउ कुन हुन मलाई थाहा छैन । मान्छेकै छोराछोरी लाई त आफ्नो बाउ कुन हो भन्ने थाहा न हुने कलि युगमा हामी पशु हरूलाई झन के थाहा । म बर्ष दिनको हुँदा मेरी आमा मरिन । जेटिए बाबुले त भन्दै थिए म जन्मेदेखि आमालाई माटे रोगले समातेको रे । आमा सुत्केरी हुँदा पौस्टिक आहारको कमि ले गर्दा आमाको दुध कम आएको थियो । त्यो पनि राती राती मालिकको आखा छलेर आमाले म तीर पिठ फर्काएर दुध चुस्न दिन्थिन । एक दिन त मैले आमाको दुध चुस्दा चुस्दै मालिकले देखे । त्यस दिन आमालाई र मलाई मालिकले कुट्नु सम्म कुटे । लुकाई लुकाई तेस्को पोईलाई दिँदि रहिछ र पो भाडा मा थोरै दिने ,भन्दै लाठै लाठाले भकुरे । आमा पनि रोइन म पनि रोए कराए तर मालिकको आगाडी हाम्रो केहि लागेन किन कि हामीहरुलाई खामोमा दाम्लाले बाँधिएको थियो ।
उता पल्लो खामोमा बाँधेको मेरो दाजुले पनि प्रतिकार गर्न स्वाँ स्वाँ गरेर सिङ्गले हान्न खोज्दै थियो तर उस्को पनि जोर चलेन उ पनि हामी जस्तै बाँधिएको थियो दाम्लोमा । त्यसदिन को सबै घटना म संगै एउटै दिन जन्मेको मालिकको छोरोले पनि देखि रहेको थियो । उ चुप चाप थियो । अलि–अलि डराएको थियो । मेरो पक्षमा बोल्न उ पनि सकेन किन की म पशु थिए उ मान्छे थियो । अघि पछि उ पनि मेरो साथी थियो संगै बस्ने खेल्ने गथ्र्यो । मेरो आमाको दुध मैले भन्दा उसले बढी खाएको देख्दा रिस उठेर आउँथ्यो र त अनि कहिले काँही घोड चडी खेल्दा उ मेरो बुइ चढेको बेलामा पल्टाई दिन्थे उ रुन्थ्यो केहि बेर म हाँस्थे । जब उस्को बाउ ले यो सब थाहा पाएर लाठोले मलाई चुड्थे त्यसपछि म रुन्थे उ हाँस्थ्यो । एक छिनमै बराबर भएको भन्दै मिलि हाल््थ्यौँ । तेही दिन देखि अलि पर आमा भन्दा टाढा लगेर खामोमा बाँधे मालिकले । म रोए कराँए न मालिकले मेरो कुरा सुने न उनको छोरो मेरो साथीले नै मेरो दर्द बुझ्यो । बुझिन त मेरी आमाले बुझिन ,सुन्यो त मेरो दाजुले सुन्यो तर के गर्नु म जस्तै खामोमा बाँधिएका थिए । आमा बितेपछि मेरो रेखदेख मेरो दाजुले गर्दै आएको छ । उ दिनभरी–दिनभरी कहिले मालिकको खेत जोत्न जान्छ त कहिले उनिहरुले खाने अन्न लिन हाट बजार जान्छ । बेलुका केहीबेर दुखका कुरा सुनाउँछ । काँध फुटेर पट पट भएको बेलामा पनि जोत्नु पर्छ । भोक लागेको बेलामा पनि खान दिदैन मालिकले । तिर्खा लागेको बेलामा पानी पनि दिदैन । जोत्ने बेलामा जमिनमा भएको घाँस धरी खान दिदैन । मुखमा कोर्काे लगाई दिन्छ । हेर भाई त पनि ठुलो भएपछि मलाई जस्तै गर्ने छ यो मालिकले । दाजुका कुरा सुनेर आङ्ग सिरिङ्ग भयो ।
दसै, तिहार, इद र छट जस्ता ठूला चाड पर्बहरु संगसगै खेतबारीको धान पराल अन्न सबै मालिकको आँगनमा पुगी सकेको थियो । खेतबारी जोतेर गहँु तोरी छर्ने ,आलु, काउल्ी अरु तरकारी लगाउने जस्ता बारीका काम हरु लगभग सबै सकिएका थिए । मंङसिरको पहिलो हप्ता देखि मालिकले हामी दाजु भाई प्रति गर्ने ब्यबहारमा केहि परिबर्तन आएको चाल पाएँ । बिस्तृत कारण बुझ्न सकिन । जति जति दिन घट्दै जान्छ उति उति मालिकको माया बढ्दै जान्छ, के अचम्म हो । कुरो न दाजुले बुझेर मलाई भन्न सक्छ न म आफै बुझ्न सक्छु ।
एकदिन को कुरा मालिकको छोराले कुरो फुस्कायो । म संग खेल्दै थियो । घोड चडी गर्दै थियो । उस्ले मेरो दुबै कान समातेर मोटर साइकल चढेको झै गरेर भूर –भूर ब्व्हं गर्दै हामी गढी माई मेला जाने हो । पापा र अम्मीले भनेको तिमीहरुलाई पनि लान रे । मेलामा म मोटर साइकल चलाउने हो । ए मलाई पनि लाने । मेरो दाजुलाई पनि लाने । ओ हो मज्जा हुने भयो । मन मनमनै खुशी हुँदै कति बेला दाजुसँग भेटेर यो कुरा सुनाउँ झै भए । दाजु पनि केहि दिन काम बाट फुर्सदमा भएको हुँदा दिन भर कता हरायो कता एक पटक पनि भेट भएन । बेलुकाको दाना पानी पनि राम्रै थियो । दाजुलाई दिउँसोको मेलालाने बारे सुनेको कुरा सुनाए । सबै कुरा सुनी सकेपछि पनि दाजुको अनुहारमा कुनै परिबर्तन आएन । लामो सास फेरेर दाजुले भन्यो हेर कान्छा आज गाउका सबै हामी राँगा पाडाहरु खोला किनार चौरमा जम्मा भएका थियौ ,त्यहाँ पनि यो कुरा निस्केको थियो । धेरैका मालिकले उनिहरुलाई पनि गढी माई मेला भर्न लाने रे । कोहि खुशी देखिन्थे कोहि गम कारण मेला भर्न गएका उनीहरुका गोठबाट कोहि पनि सदस्य अहिलेसम्म फर्केर आएका छैनन् रे । खै हाम्रो गोठबाट त पहिलो चोटी जाँदै छौ । दाजुको कुरा सुनी सकेपछि मैले मेरो बालापनको अयी लिए । मलाई मेला लाने भए मात्र बोल्छु नत्र बोल्दिन, म सँगैको मालिकको छोरो पनि जाने रे अनि म किन नजाने । म तिम्लाई छोडेर कतै जाँदिन अनि कसरी हराइन्छ । मेरो जिद्दी को अगाडि दाजुको केहि लागेन र दाजुले हुन्छ भनेर टाउको हल्लायो ।
गढी माई मेला जाने अघिल्लो दिन म, मेरो दाजु, मालिक, मालिककी स्वास्नी र मालिकको छोरो खोला किनार पुग्यौँ । मलाई मालिक्नीले र दाजुलाई मालिकले नुहाई दिए । आँफूहरुले पनि नुहाए । अचम्म मान्दै खुशी भए । मालिकको छोरा सँग म पनि जाने हो मेला हेर्न भनेर आँखा मा आँखा जुधाएँ । मेला जाने दिन बिहानै मालिक उठेर मिठो–मिठो खान दिए दाजु र मलाई । आँफूहरु लोग्ने स्वास्नी भोकै बसे छोरालाई चाँही दिए । घरका तिनै जनाले नयाँ लुगा लगाए । मलाई र दाजुलाई पनि रातो लुगा लगाई दिए ।
सिन्दुरको टिका निधार भरिको लगाई दिए । एक एक वोटा मालापनि लगाई दिए । साँच्चै आज हाम्री आमा भएको भए कति खुशी हुनेथिइन होला दुई छोरा बेहुला जस्तै सजिएको देख्दा । मालिकसँगै घरका सबै निस्के घरबाट हामी दाजु भाई लाई पनि नयाँ डोराले बाँधे र पुरानो डोरो तेही खामोमा छाडी दिए । मालिक मालिक्नी र छोरो अघि अघि हामी दाजु भाई पछि पछि केहि बेरको हिंडाई पश्चात पुगियो मेला स्थल । आँफु जस्तै साथी भाईहरु देख्दा खुशी लाग्यो जता हेर्याे तेता आफ्नै लाग्ने दाजु भाईहरु मात्रै देखिने । एकछिन त मालिकको हातबाट फुत्किउँ जस्तो लागेको थियो । फेरी सम्झे मेलामा गएका कोहि पनि फर्केका छैनन भन्दा डर लाग्यो र मालिकको नजिकै बसेँ । हेरेँ वरीपरि पुलिस दाजुहरु पनि प्रशस्थ थिए फेरी पनि एक चोटी डर लागेन कि म हराउँछु भन्ने । एकछिन पछि मालिक मालिक्नीले हामी दाजु भाईलाई मिठा मिठा चिजहरु ख्वाए जुन चिज हामीले कहिल्यै देखेका पनि थियनौ । मैले खाएको देखेर मालिकको छोरोले पनि आफ्नो मामी संग तेही चिज मागेर खायो । हाम्ले जे खायाँै तेही मान्छेले पनि खान्छ, आखिर के फरक भयो त हामी पशु र मान्छे मा । धत मेरो भोला दिमाख । मालिक्नीले त पुजा गर्नपो लागिन हामी दाजु भाई लाई । तिहारमा दिदि बहिनीले दाजु भाईलाई पानीले छेके झँै तिन फेर छेकिन घरी मलाई घरि दाजुलाई । अगर बत्ती बालिन र छोरालाई पनि संगै लिएर परिक्रमा गरिन तिन फेर सम्म के के भन्दै थिइन मन मनै रक्षा गर, क्षेमा गर भनेको मात्र बुझे । मैले पुच्छरले एक फेर मालिक्नीलाई र एक फेर मालिकको छोरालाई हान्दिएँ । अघि पछि पुछारले हान्दा लाठोले ड्याम कि ड्याम दिने मालिक्नीले आज हामीलाई नै ढोग्दै छन्।् । यो के भई रहेछ दाजु एकफेर सोधँे । खै कान्छा यो मान्छेको जात आफ्नो दुनो सोझ्याउन कोरीको पाउ मोल्छन् भन्छन् के कुरो हो म पनि बुझ्दीन । केही बेर पछि मालिकले आफ्नो छोरो र श्रीमतीलाई छोडेर हामी दुई दाजु भाईलाई मात्र लिएर हिड्यो मेला लागे तिर । पछाडी फर्केर हेरँे मालिकको छोरो तिर उ पनि म संगै आउन नपाएर रुँदै थियो । किन आउन दिएनन् मालिकले आफ्नो छोरालाई म संगै मैले बुझ्न सकिन । परसम्म सुनी रहे मेरो साथी मालिकको छोरो रोइ रहेको । म संगै ल्याएको भए के हुन्थ्यो र । ओहो अझ रमाइलो त भित्र रहिछ जहाँ हामी जस्ता हजारौ हजार राँगा पाडा हरु थिए । सोचँे हाम्रो पनि जमात रहिछ की । केहि बेर मा मालिकले पनि अघि मालिक्नीले जस्तै गरे । मेरै अगाडी आएर हात जोडेर भन्छन रक्षा गर, क्षेमा गर, रक्षा गर, क्षेमा गर । फेरी अघि जस्तै पुछारले हाने र भने मालिक एकफेर तिमि बिउँझ त तिमि सपना देखि रहेका छौ , तिमि बिउँझने बेला आएको छ । तर मालिकले सुनेन् । बरु फेरी मेरो पाउ पर्दै भन्छ रक्षा गर, रक्षा गर, क्षेमा गर, क्षेमा गर । त्यो मेला स्थलमा नौला नौला मानब रुप धारी राक्षसहरु केहि संख्यामा भित्र पसे । तिनीहरु प्रतेकका हातमा ठुला ठुला खुँडा खुकुरी थिए । मन्दिर परिसरबाट एउटा आनौठो आबाज आयो त्यस पछि ति राक्षसहरुले खुँडा खुकुरी उचाल्दै नाच्न थाले ।
हाम्रा साथीहरुलाई काट्न थाले । हेर्दा हेर्दै मेरो नजिकबाट मेरो मालिक पनि भागी सकेका थिए । मेरो दाजुलाई पनि एकजना भुस तिघ्रेले काट्ने चाँजो मिलाउँदै थियो । तेतीबेला मैले बोलाए दाजु भनेर उ उफ्रेर म भएको ठाउँमा आयो । एकफेर बचाई दिएको भनेर दाजुले फेरी माया गर्यो मलाई । मुख मुख जोड्यौँ दाजु भाईले र आमालाई सम्झ्याँै । फेरी आए दुई जना मुर्कट्टाहरु तरबार नचाउदै आए । एकजनाले मालिकले घाँटीमा लगाई दिएको नयाँ दाम्लोमा समात्यो र अर्काेले मार हान्न तम्सियो । अब म बाँच्दिन भाई तँ भाग भनेको अन्तिम स्वर सुने दाजुको म बेतोडले भागे दाइ ञ्ञ्ञ् दाई ञ्ञ्ञ्ञ् दाई भन्दै । टक्क अडिएर हेरे चारैतिर कोहि छैनन म जस्ता सबका सब ढलेका छन । अब त बाँचियो कि लामो सास फेरँे । हुन त यी सब मेरा दाजु भाईले स्वर्ग प्राप्त गरेको यो भूमिमा म एक्लो बिलो के नै गर्न सक्छु र । म पनि स्वर्ग जान्छु । गढी माइमा हामीहरु जस्तालाई बलि दिएर मान्छेहरुले महापाप गरिरहेका छन । धर्मका नाममा पाप कमाएका छन् । स्वर्गजाने पशु नर्क जाने मान्छे भएको छ ।
प्रतिक्रियाका लागि
mयतष्।दजगवभ२िmगलबकितयचभक।अयm

Post a Comment