स्याङ्गजा जिल्ला फेदिखोला गाविस वडा नंं. ५ मट्टीखानमा रहेको चण्डीडाँडा उच्च मा.वि.को ५६औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि स्याङ्जाका सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाले आफ्ना बालबालिकाको शिक्षाप्रति अभिभावक सचेत हुनुपर्ने बताए ।
विद्यालय पठाएरमात्र अभिभावकको जिम्मेवारी पुरा नहुने भन्दै शिक्षामा आफ्ना बालबालिकाको अभिरुचिको विषयमा सधैं सचेत हुनुपर्ने उनँको भनाई थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गुरुङले विद्यालयमा श्रव्य दृष्य माध्यम तथा कम्प्युटर मार्फत् गुणस्तरीय शिक्षा प्रदान गर्न लागिपरेको उल्लेख गरे । कार्यक्रममा विद्यालयका प्राचार्य बालकृष्ण बरालले गत आर्थिक बर्षको प्रगति प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा विद्यालयका संरक्षक एवं संस्थापक दूधकुमारी गुरुङ, विद्यालय निरीक्षक भगवान ढकाल, श्रोत व्यक्ति लक्ष्मण शर्मा, गण्डकी मिडिया हाउसका एलपी बन्जरा, विद्यालय व्यवस्थापन समितिका सल्लाहाकार जुक्तबहादुर क्षेत्री लगायतले आ–आफ्नो भनाइ राखेका थिए । अभिभावक दिवसका अवसरमा अक्षयकोष स्थापना, विभिन्न कार्यका लागि सहयोग गर्न अभिभावकहरलाई सम्मान, छात्रवृत्ति वितरण, विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

Post a Comment