0
नाङ्साल तामाङ समाज, पोखराले एक दिने निःशुल्क क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न गरेको छ ।
तामाङ जनजागरण अभियान अन्तर्गत विशेषगरी युवाहरूलाई लक्षित गरी आयोजना गरिएको सो तालिममा करिब अढाइ सय जनाले क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासबारे प्रशिक्षण लिए । सो अवसरमा ओम लामा, रिन्छेन लामा र चन्द्र ग्याबक तामाङले युवाहरूलाई सकारात्मक सोंच, व्यक्तित्व विकास, नेतृत्व विकास आदिबारेमा प्रशिक्षण दिनुभएको थियो ।
यसअघि, सो कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक वसन्तकुमार लामाले युवाहरूलाई सकारात्मक बाटोमा डो¥याउन यस्ता कार्यक्रमले सघाउ पुग्ने बताउनुभयो ।
सक्षम हुँदाहुँदै पनि आत्मविश्वासको कमीले तामाङ समुदाय पछि परेको उल्लेख गर्दै प्रहरी उपरीक्षक लामाले आफूभित्र अन्तरनिहीत प्रतिभाको प्रस्फुटनका लागि पनि तालिमको जरुरत पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष सु. हरिमान थिङ तामाङ, नेपाल तामाङ युवा घेदुङ कास्कीका अध्यक्ष रामबहादुर तामाङ ‘शिवु’, लायन्स क्लब अफ पोखराका संस्थापक अध्यक्ष थिरबहादुर थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समाजका अध्यक्ष चन्द्र ग्याबक तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अर्जुन तामाङ र कल्पना तामाङले गर्नुभएको थियो भने पनिता तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तामाङ जनजागरण अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम भएको र दोस्रो चरणको कार्यक्रम छिट्टै आयोजना गर्ने तयारी रहेको समाजका अध्यक्ष चन्द्र ग्याबकले जानकारी दिनुभएको छ । सो कार्यक्रम सम्पन्न गर्नका लागि तामाङ ढुवानी सेवा पोखराका प्रोपाइटर कर्णबहादुर तामाङ, ओखलढुड्डा निर्माण सेवाका प्रोपाइटर रामकुमार घिसिङ तामाङ, सगरमाथा कन्स्ट्रक्सन एण्ड विल्डर्सका प्रोपाइटर कुमार ग्याबक तामाङ, ओखलढुड्डा तामाङ कन्स्ट्रक्सनका प्रोपाइटर नवीन मोक्तान तामाङ, सगरमाथा निर्माण सेवाका प्रोपाइटर फुर्वा लामा, सचिन तामाङ, नवीन तामाङ, विशाल तामाङ, सुकबहादुर घले साथै नेपाल तामाङ युवा घेदुङ कास्कीले समेत सहयोग गरेको अध्यक्ष ग्याबकले बताउनुभयो ।

Post a Comment

 
Top