0
नेकपा–माओवादीनिकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कास्कीको दोस्रो जिल्ला भेलाबाट अध्यक्षमा लक्ष्मी अधिकारी सर्वसम्मत चयन  भएकी छन् । मंगलबार पोखरामा सम्पन्न दोस्रो जिल्ला भेलाबाट उपाध्यक्षमा सीता गुरुङ, सचिवमा शर्मिला अधिकारी, सह–सचिवमा गीता पौडेल र कोषाध्यक्षमा रविना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी, २३ सदस्यीय जिल्ला समितिका सदस्यहरूमा ६ जना पछि थप्ने गरी रिना शाही, कोपिला बुढामगर, श्रृजना श्रेष्ठ, सीता वाग्ले, आशिका थापा, सुष्मा सारूमगर, जुलेखा खातुन, लक्ष्मी नेपाली, आशा सुवेदी, सरस्वती तामाङ, ज्ञानु श्रेष्ठ र कमला गुरुङ रहेका छन् ।
यसअघि, भेलाको उद्घाटन गर्दै नेकपा–माओवादीका केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी यशोदा सुवेदीले महिला मुक्तिका लागि निर्णायक संघर्षमा उत्रन आÞह्वान गरिन् । अर्का केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक हरिबहादुर चुमानले महिला मुक्तिका लागि सबैभन्दा पहिले दिमागी दासता तोड्नुपर्ने बताए ।
भेलामा अनेमसङ्घ (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं तमुवान राज्य संयोजक सुशीला थापा, नेकपा–माओवादी कास्की क्षेत्र नं. २ का संयोजक अशोक छन्त्याल, क्षेत्र नं. ३ का संयोजक राजकुमार सुवेदी, क्षेत्र नं. ४ का संयोजक सूर्य खड्का, तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी) कास्कीका संयोजक सन्देश तमु, मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा कास्कीका अध्यक्ष मुमताज अलि मियाँ, राष्ट्रिय युवा जनस्वयंसेवक कास्कीका अध्यक्ष नवीन गुरुङ, अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी सङ्घ कास्कीका सचिव सुरेश थापा, क्रान्तिकारी पत्रकार महासङ्घ कास्कीका सचिव रूद्र बहादुर श्रीसलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको भेलाको सञ्चालन गीता पौडेलले गरेका थिए ।

Post a Comment

 
Top