0

पछिल्लो समयमा कास्कीमा ग्यास आपूर्तिमा असहज भएको भनिरहँदा एक कार्यक्रमका वक्ताहरुले ग्यासको अभावमा हतास हुनुपर्ने अवस्था नरहेको बुधबार पोखरामा आयोजित एक अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन् । मानवअधिकार पत्रकार संघ(हुर्जा) कास्कीले आयोजना गरेकोे खाद्य÷उपभोक्ता अधिकारका लागि अत्यावश्यकीय वस्तुको चरम अभाव, विद्यमान एल.पि. ग्यासको समस्या र समाधानका उपाय विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताहरुले छिट्टै ग्यास आफूर्ति हुने बताएका हुन् ।
कार्यक्रममा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले विद्यमान भईरहेको ग्यास आपूर्ति सहजका निम्ति आफूहरु लागिपरेको बताए । मंसिर २५ गतेपछि ग्याँस आपूर्तिमा समस्या भएपनि कास्कीमा भित्रिएका सबै ग्यास उपभोक्तामा गएको बताए । सहायक प्रजिअ गौतमले निरन्तर अनुगमन गरेपनि बाँकी ग्यास काँही पनि नभेटिएको समेत स्पष्ट पारे ।
ग्यास बिक्रेता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष बालकृष्ण कोइरालाले कास्की प्रशासनले ध्यान नदिंदा अहिलेको समस्या उत्पन्न भएको भन्दै टेबल वार्ता गरे १ दिनमै समस्या समाधान हुने बताए । प्रहरी कार्यालय कास्कीका डि.एस.पि. डिल्लिराज पन्तले प्रहरीले ग्यास वितरणमा आवश्यक सहयोग गर्ने वचन दिए । पश्चिमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष तथा ग्यास व्यवसायी सञ्जिव बहादुर कोइरालाले बिचौलिया व्यवसायीको कारण ग्यास वितरणमा असहज भएको भन्दै व्यवसायिलाई मात्र आरोप लगाउन नहुने बताए । उनले कास्कीमा ग्याँस बुलेटको आवश्यकता रहेको बताए । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले ग्यास वितरण प्रक्रिया मिलाउनुपर्ने भन्दै भ्याट बिलको प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले कास्कीमा १० प्रतिशत ग्याँस आपूर्तिमा बढेको भन्दै एक हप्तामा सहज हुने जानकारी पाएको बताए ।
स्वतन्त्र पत्रकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बाँस्तोलाले अनुगमन टोली विज्ञ नभएको भन्दै उर्जाको विकल्प खोज्नुपर्नेमा जोड दिए । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख डा. टिकाराम पोख्रेलले उपभोक्ता अधिकारको विषयमा बहस नचलेको समयमा हुर्जाको कार्यले जागृत गराएको बताए । उनले समस्या पहिल्याएर समाधान गर्न समेत आग्रह गरे । नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सुष्मा पौडेलले ग्यास आपूर्तिको विषयमा दिनदिनै कलम चलाई उपभोक्तालाई सहज बनाउन पत्रकारलाई आग्रह गरिन् । हुर्जा कास्कीका अध्यक्ष राजेश पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा मानवअधिकार संरक्षण मञ्च कास्कीका अध्यक्ष कमल अर्याल, इन्सेक क्षेत्रीय कार्यालय पोखराका प्रमुख शिव खकुरेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, वानका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, हुर्जा कास्कीका उपाध्यक्ष अर्जुन गिरि, महासचिव विरेन्द्र सापकोटा लगायतले ग्यास आपूर्तिमा सहज ल्याउन सबैले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका थिए । अन्तक्र्रियात्मक कार्यक्रममा पत्रकारहरु गोकुल बानियाँ, सुरेन्द्र पौडेल, साहित्यकार सूर्यबहादुर खड्का बिखर्ची, कृष्ण अञ्जान ज्ञवाली, कमला गहतराज, शिव प्रसाद गौतम, गोविन्द सुवेदी लगायतले आ–आफ्ना जिज्ञासा राखेका थिए । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थ स्टकका लागि दुलेगौंडामा डिपो राखेजस्तै ग्याँसको पनि आठ दशवटा बुलेट राखि ग्यास स्टक राख्न सरकारलाई दबाब दिन हुर्जा कास्की अब लाग्ने अध्यक्ष राजेश पराजुलीले बताए ।

Post a Comment

 
Top