नेपाल महिला संघ जिल्ला कार्य समिति कास्कीको पहिलो बैठकले माघ ८ गते नै संविधान जारी गर्नका लागि दवाव दिने निर्णय गरेको छ । बैठकले भावी संविधान महिलामैत्री हुनुपर्ने समेत माग गरेको छ । यसका साथै बन्द हड्ताल जस्ता कार्यलाई सधैंका लागि बन्द गरिनुपर्ने र महिलामैत्री संविधान निर्माणको माग राख्दै यहि माघ ७ गते शान्तिपूर्ण ¥याली निकाल्ने निर्णय बैठकले गरेको संघकी सचिव सीता गुरुङ्गले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन । गुरुङका अनुसार माघ ७ गते निकालिने ¥याली पोखराको चिप्लेढुङ्गामा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शुरुभइ महेन्द्रपुल, नयांबजार, पृथ्वीचोक, सभागृहचोक हुँदै बिपीचोकमा आएर सभामा परिणत हुनेछ । संघकी अध्यक्ष कोपिला रानाभाटको अध्यक्षतामा सम्पन्न बैठकले यसअघि सम्पन्न अधिवेशनमा सहयोग गर्ने जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति, नगर, वडा, इकाई समिति, पार्टीका क्रियाशील सदस्य, निर्वाचन समिति, पार्टीका भातृ संगठनm सरकारी तथा गैरसरकारी संघसंस्था, शुभेच्छुक सबैलाई धन्यवाद ज्ञापन गरेको छ । पहिलो बैठकले मनोनित सचिव पदमा क्षेत्र नं ४ का जिल्ला सदस्य कमला बराललाई मनोनित गरेको गुरुङ्गले बताइन । नेपाल महिला संघको विधान अनुसार १ जना निर्वाचित र १ जना मनोनित राख्ने चलन अनुसार बराललाई चयन गरिएको हो ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
राजनीति
»
संघ संस्था गतिबिधी
» महिला संघले पनि ¥याली निकाल्ने
Subscribe to:
Post Comments (Atom)
Post a Comment