गोल्डेन न्यूज संवाददाता
पोखरा २ माघ ।
पोखराको शिक्षा, साहित्य तथा लेखनमा स्थापित तारा पाखेले शनिबार आफ्नो जीवन कहानी सुनाएका छन् । नेपाली शिक्षक संघ कास्कीले आयोजना गरेको स्रस्टा साक्षात्कार कार्यक्रममा पाखेले कहानी सुनाएका हुन् । पोखराको धनीमानी र पण्डित परिवारमा जन्मे हुर्केका पाखेले आफूमा सानै उमेरदेखि लोकतान्त्रिक विचार प्रवाह भएको बताए । शास्त्री उत्तीर्ण गरे पनि स्नातकोत्तर पढ्ने रहर नपुगेकोमा जीवनमा उनी सबैभन्दा दुःखी भएको सुनाए । राजधानीको संस्कृत छात्रावासमा रहँदा विभिन्न आन्दोलनमा सहभागी रहेको र त्यतिबेला शेरबहादुर देउवासँग चिनिया राजदूतावास, चिनिया पुस्तकालय तोडफोडमा समेत उत्रेको उनले सुनाए । अचल सम्पति प्रशस्त भए पनि भित्री सम्पति नभएकाले स्नातकोत्तर पढ्न उनले पाएनन् । आफूले आर्जेको उब्जाउ जग्गा बेच्न बाबु तयार भए पनि आफन्तले जग्गा बेच्न दिएनन् । पढ्न जान नपाएपछि उनी पोखरामै शिक्षण पेसामा सहभागी भए । भद्रकाली स्कुलबाट अध्यापन थालेका उनले त्यतिबेलै दुख खेप्नुपर्यो । व्यवस्थापन समिति र शिक्षक सबै काँग्रेसका भएकाले पंचायती शासकहरुको आँखाको तारो बनेको थियो भद्रकाली । पंचायतले पालेका गुण्डाहरुको दबदबा थियो । भद्रकाली त्यतिबला निम्न मावि तहको थियो । मावि तहको बनाउने पाखेको रहर पुरा हुन सकेन् । त्यसपछि उनी अमरसिंह स्कुलमा सरुवा भए । अमरसिंहमा प्रधानाध्यापक भएका उनी नागडाँडाको स्कुलमा सहायक प्रअ भएर काम गरे । भन्छन्, मण्डलेहरुसँग संघर्ष गर्दै जागिर खाइयो । संस्कृत स्कुलमा पनि निकै संघर्ष गर्नुपर्यो । साहित्य तथा समसामयिक लेखनमा अभ्यस्त उनले आफूले लेखेका कविताहरु उत्कृष्ट नभएको दाबी आफैले गरेका छन् । जे मन लाग्यो, त्यही लेख्यो, जहाँ भयो त्यहीं लेखेको छु । कुनै एउटा विषयवस्तुमा केन्द्रित नहुने प्रस्ट पारे । पोखराका पत्रपत्रिकामा लेख्ने गरे पनि कहिल्यै पनि पारिश्रमिकको आशा नगरेको उनले बताए । विकृति देखेपछि पीडा हुन्छ । लेखेपछि आनन्द आउँछ, त्यही भएर मलाइ लेख्न मन लाग्छ, उनले भने । जीवनमा जानेर आफूले कहिल्यै कसैलाई नराम्रो नगरेको स्मरण गर्दै उनले यही नै जिन्दगीको सबैभन्दा ठूलो उपलधि रहेको उनले सुनाए ।
सो अवसरमा आफूलाई मन परेका अरु कविका कविता अन्तर्गत ईश्वरमणि अधिकारी, शरण आँशु, हीरादेवी शर्मा, शिवप्रसाद बाँस्तोला, लोकचन्द्र खनाल, कुञ्जराज थापा, रोहितराज बास्तलोले कविता वाचन गरेका थिए । कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सदस्य डा कुसुमाकर न्यौपाने, डा. लक्ष्मीशरण अधिकारी, मधु बाँस्तोला, केशवराज पराजुली, तेजनाथ घिमिरे, मधु बास्तोलाले मन्तब्य व्यक्त गरेका थिए । संस्थाका सहसचिव संजीव पौडेलले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष गणेश शर्माले संचालन गरेका थिए । सो अवसरमा नेपाली लेखक संघ कास्कीका अध्यक्ष डा नरहरी गौतमले कार्यक्रमको विषयवस्तुबारे प्रकाश पार्दै उपस्थितहरुलाई स्वागत गरेका थिए । यसअघि कवि तेजनाथ घिमिरे, कलाकार दुर्गा बराल, पत्रकार केशवराज पराजुलीसँग संघले साक्षात्कार सम्पन्न गरिसकोको छ ।

Post a Comment