0
गोल्डेन न्यूज संवाददाता
पोखरा ४ माघ ।
पोखरामा रहेको फेवा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७१÷७२ को दोस्रो त्रैमासिकमा संचालन मुनाफा ७ करोड ३८ लाख रुपैया आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ९२ प्रतिशतले बढी भएको फाइनान्सले जनाएको छ । त्यस्तै बैकको निक्षेप तर्फ ४ अर्व ३४ करोड र कर्जा ३ अर्व ६७ करोड कायम भएको छ । निक्षेप तर्फ गत वर्षको तुलनामा २१ प्रतिशतले र कर्जातर्फ २३ प्रतिशतले बढी भएको बैंकले जानकारी दिएको छ । फाइनान्सले गत वर्षसम्मको मुनाफाबाट शेयरधनीलाई ३०.५० प्रतिशत लाभांश वितरण गरि हालसम्म १८८.४१ प्रतिशत लाभांश समेत वितरण गरिसकेको छ । १२ औं वर्षमा सञ्चालन भइरहेको फाइनान्स ले ग्राहकहरुको चाहाना अनुरुप निशुल्क एटिएम, सएमएस, बैङ्कि सेवा, एबीबीएस सेवाm लकर सेवा, सुनचादी धितो कर्जा सुविधा, रेमिट्यान्स सेवा प्रधान कार्यालय लगायत केही शाखाहरु बाट वर्षभरी र्नै सेवा प्दान गरिरहेको छ । हाल फेवा फाइनान्स लिमिटेड पोखरामा केन्द्रीय कार्यालय रहेको विश्व विकास बैक मर्ज भइ राष्ट्रिय स्तरको विकास बैक बन्ने सहमति पत्रमा हस्ताक्षर भइसकेको छ । मर्जर पश्चात बैकको ३० वटा शाखा कार्यालय र १६ वटै आफ्नै एटीएमबाट सेवा प्रदान गर्न सकिने बैकका प्रमुख कमार्यत्रकारी अधिकृत रेशम बहादुर थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  

Post a Comment

 
Top