पहिचानसहितको संघीयता, तमुवान सहितको संविधान जारी गराउन कस्केली तमुहरु आन्दोलनको तयारीमा जुटेका छन् । तमुवान प्रदेशसहितको संविधान जारी गराउन आन्दोलनरत कस्केली अगुवा तमुहरुको बुधवार पोखरामा सम्पन्न बृहत भेलाले सशक्त आन्दोलनको तयारीमा जुट्ने निर्णय गरेको हो । तमुवान प्राप्तिका लागि संघर्षका चरणहरु तयार गर्न भेलाले तमु राष्ट्रिय मुिक्त मोर्चाका केन्द्रीय अध्यक्ष बखानसिंह तमु, संघीय तमु संघका केन्द्रीय अध्यक्ष देवीराज तमु, संघीय समाजवादी पार्टीका कास्की सचिव गिरीप्रसाद तमु र एकिकृत नेकपा माओवादी कास्कीका सह–सचिव धर्मबहादुर तमु रहेको संयन्त्र गठन गरिएको छ । संयन्त्रले तमुवानको आन्दोलनलाई शसक्त बनाउन प्रशिक्षण, विभिन्न राजनीतिक मोर्चा, समाजिक संघ संस्थाहरुसँग समन्वय, जनसहभागिता, आर्थिक सहयोग, लडाकु दस्ता निर्माणको लागि विहीबारदेखि नै अभियानमा जुट्ने निर्णय गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment