गोल्डेन न्यूज संवाददाता
पोखरा ४ माघ ।
पोखराको पृथ्वीचोकमा नयाँ बसपार्क निर्माण गर्ने विषय फेरि अन्यौलमा परेको छ । बसपार्क निर्माणको नेतृत्व लिनुपर्ने संस्था पोखरा उपत्यका नगर विकास समिति र जिल्ला प्रशासन कार्यालय कास्कीकै कारण बसपार्क निर्माण प्रक्रिया अन्यौलमा परेको हो । पटक–पटक प्रस्तावित नयाँ बसपार्क क्षेत्रमा रहेका अव्यवस्थित बसोवासी हटाउने सार्वजनिक सूचना जारी गरेको नगर विकास समिति र जिल्ला प्रशासन कार्यालय नै अन्तिम अवस्थामा पछाडि हटेपछि बसपार्क निर्माण प्रक्रिया अघि बढ्न नसक्ने स्थिति सृजना भएको छ ।
पछिल्लो पटक कास्की जिल्ला प्रशासन कार्यालयले यहि माघ ४ गते आइतबारका दिन बसपार्क क्षेत्रमा निर्माण भएका घर टहरा हटाउनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका कास्की जिल्लास्थित कार्यालयलाई आदेश दिएको थियो । तर घर टहरा हटाउनका लागि नगर विकास समितिले नै चासो नदिएपछि र जिल्ला प्रशासन कार्यालयले पनि गम्भीरता नदेखाएपछि आइतबार बसपार्क क्षेत्रमा डोजर चलाउने कामको शुरुवात नै हुन सकेन । यो संगै अब बसपार्क निर्माण प्रक्रिया अवरुद्ध बन्न पुगेको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीले गत पुस २९ गते प्रजिअको आदेश अनुरुप जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरी बल कालिका गणलाई लेखेको पत्रमा गत मंसिर ५ गते बसपार्क क्षेत्रमा निर्माण भएका घर टहरा हटाउनका लागि १५ दिने सूचना प्रकाशन गरिएको र त्यो सूचनाको म्याद पूरा भैसकेका कारण बसपार्क निर्माण स्थलमा अधिक्रमण गरि बनाइएका घर टहराहरु माघ ४ गते खाली गरिने उल्लेख छ । पत्रमा घर टहराहरु हटाएर माघ ४ गते नै बसपार्क खाली गरिने भएकाले उक्त दिन आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरिदिनुहुन भन्ने व्यहोराको पोखरा उपत्यका नगर विकास समितिले पुस २७ गते पठाएको पत्रलाई आधार मानेर शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आदेश दिइएको उल्लेख छ ।
क्षेत्रीय प्रशासन कार्यालय र नगरविकास समितिलाई बोधार्थ दिइएको उक्त पत्रको कार्यान्वयन गर्नुपर्ने दिन आइतबार बसपार्क क्षेत्रमा भने नगर विकास समिति तथा सुरक्षा र प्रशासनिक निकायका आधिकारिक व्यक्तिहरु समेत कोह िपुगेनन् । उनीहरु दिनभर जसो विभिन्न ठाउँमा बसेर बैठकको नाममा समय खर्च गरे । आइतबार बिहान ८ बजे प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले सुकुम्वासीहरुका प्रतिनिधिका साथै सुरक्षा निकायका तथा नगर विकास समितिका प्रतिनिधिहरुलाई बोलाएर करिब ४ घण्टा बिताए । त्यसपछि दिउसो क्षेत्रीय प्रशासन कार्यालयका सह–प्रशासक लोकराज रेग्मीले पनि विभिन्न पार्टीका प्रतिनिधि सहितको अर्को बैठक बोलाए तर दुवै बैठकले कुनै निर्णय गर्न सकेनन् । यसका साथै नगर विकास समितिका अध्यक्ष विष्णुप्रसाद बाँस्तोला सहितको टोलीले पनि बसपार्कका बारेमा भन्दा अन्य विषयमा गफ गरेर समय कटाएको थियो ।
प्रजिअ राउतले बोलाएको बैठकमा बसपार्क निर्माणका लागि क्षेत्रीय प्रशासन कार्यालयले बनाएको कार्यदलका संयोजक तथा सह–प्रशासक लोकराज रेग्मी र सचिव तथा क्षेत्रीय प्रशासनका रामजी प्रसाद कोइराला समेत सहभागी थिए । यसैगरी कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक वसन्तकुमार लामा र सशस्त्र प्रहररीका प्रहरी उपरीक्षक समेत बैठकमा सहभागी थिए । नगर विकास समिति अध्यक्ष बाँस्तोला , सदस्यद्वय राजबहादुर गुरुङ र दुर्गा तिमिल्सिनाका साथै पोखरा उपमहानगरपालिका कार्यालयका इन्जिनियर शारदामोहन काफ्ले र कानून अधिकृत नारायण शर्मा सहभागी रहेको बैठकमा सुकुम्वासीसंग सम्बन्धित संस्थाहरुको तर्फबाट भूमि अधिकार मञ्चका आशबहादुर गुरुङ, अखिल नेपाल सुकुम्वासी संघका अर्जुन मल्ल र हर्कबहादुर विक, भूमिहीन सुकुम्वासी संगठनका लक्ष्मी अधिकारी, अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संगठनका दीलिप सुनार, टोल विकास संस्थाका लेखुराम खाती र सुकुम्वासी संघर्ष समितिका राज बहादुर गदल समेत सहभागी थिए ।
करिब ३ घण्टासम्म बैठकमा बसपार्क निर्माण प्रक्रियाका बारेमा गम्भीरतापूर्वक छलफल चलेको बताइन्छ । बैठकमा सुकुम्वासी संस्थाका प्रतिनिधिहरुले बसपार्क क्षेत्रमा रहेका भूमिहिन सुकुम्वासीको व्यवस्थापन गरेर यथाशीघ्र बसपार्क निर्माण गर्नुपर्ने भन्दै आफूहरुको व्यवस्थापन भएमा बसपार्क निर्माणमा सहयोग गर्ने जानकारी गराएका थिए । नगर विकास समितिका प्रतिनिधिहरुले भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्नुपर्ने दायित्व राज्य र सुकुम्वासी आयोगको भएकोले विकल्पको खोजी गर्न सुझाव दिएका थिए । बैठक चलिरहेकै बेला नगर विकास समितिका अध्यक्ष बाँस्तोलाले आफू विरामी भएकाले औषधि उपचार गर्न परेको भन्दै बैठक छाडेर हिंडेपछि अन्य सहभागी समेत कुर्नेै निर्णय विना नै बैठक छोड्न बाध्य भएका थिए । बैठकका कतिपय सहभागीले बसपार्क निर्माण प्रक्रिया अघि बढाउनुपर्ने भएकाले बैठक स्थगित गरेर भएपनि उपयुक्त निकास यथाशीघ्र खज्नुपर्नेमा जोड दिएका थिए । छलफल चालिरहेकै बेला समितिका अध्यक्ष बाँस्तोलाले नै बैठक छोडेर हिंडेपछि प्रजिअ राउतले बोलाएको बैठक विना निष्कर्ष टुङ्गिएको हो ।
यसैगरी दिउसो क्षेत्रीय प्रशासन कार्यालमा डाकिएको बैठकले पनि कुनै निर्णय गर्न सकेनन् । क्षेत्रीय प्रशासनमा भएको बैठकमा कार्यदलका संयोजक रेग्मीका साथै प्रमुख तीन राजनीतिक दलको तर्फबाट प्रतिनिधि सहभागी थिए । जस अनुसार नेपाली कांग्रेसका कृष्ण केसी, एमाओवादीका विश्वप्रकाश लामिछाने र एमालेका भेषराज बराल सहभागी थिए । नगर विकास समितिको तर्फबाट कार्यदलमा सदस्य रहेका राजबहादुर गुरुङ भने बैठकमा गएनन् । जसका कारण नगर विकास समिति र रेग्मी नेतृत्वको कार्यदलका बीचमा पनि समन्वय हुन नसकेको अनुमान गरिएको छ । आइतबारका दुबै बैठकले बसपार्क निर्माणका सम्बन्धमा कुनै गतिलो निर्णय गर्न नसकेपछि बसपार्क क्षेत्रमा डोजर लगाएर घर टहरा फाल्ने अभियान पनि केही महिना पछि सरेको छ । विशेषगरि नगर विकास समितिका अध्यक्ष बाँस्तोला र उनकोे कार्यशैली¬प्रति आपत्ति प्रकट गर्दै आएका एमाओवादीका प्रतिनिधि विश्वप्रकाश लामिछानेका बीचमा समितिकोको बैठक चलिरहँदा पनि पटक–पटक गाली गलोज र हात हालाहालको अवस्था आउने गरेको थियो । एक आपसमा व्यक्तिगत एवं दलगत विषयका कारण बाँस्तोला र लामिछाने सबै बैठकमा तल्लो स्तरको विवादमा उत्रिने गरेकोले पनि समितिको बैठकमा सहमति कायम हुन नसकेको र त्यसैका कारण बसपार्क निर्माण कार्य पछि धकेलिंदै गएको कतिपय बताउँछन् । जे जस्तो भएपनि पछिल्लो पटक नगर विकास समितिले माघ ४ गते बसपार्कका घर टहरा हटाउने भन्नु र जिल्ला प्रशासन कार्यालयले त्यसका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन दिएको आदेश पालना गर्नेतर्फ कसैको चासो नदेखिनुले दुवै निकाय बसपार्क निर्माणको विषयमा गैर जिम्मेवार बन्दै गएको बताइन्छ ।

Post a Comment