गोल्डेन न्यूज संवाददाता
पोखरा ३ माघ ।
कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रकाली चोक पोखरा–१३ को १६ आंै वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । वार्षिकोत्सवमा अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ठ निक्षेपकर्ता रसदेवी गुरुङ, लोकबहादुर कार्की, उत्कृष्ठ कर्जा उपभोग गर्ने बसन्त कटुवाल, मन्दिरा रानाभाट, लगनशील कर्मचारी मेनसुब्बा गुरुङ र शान्ति गुरुङलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै समाजसेवी विश्व सिग्देलले संस्थालाई माथि उठाउनका लागि सम्पूर्ण शेयर सदस्यहरुले सहयोग गर्नुपर्ने बताए । टोल विकास संस्था वडा समन्वय समिति पोखरा–१३ का अध्यक्ष तिलकबहादुर गुरुङले सेवाग्राहीको मन जित्ने संस्थाले मात्र सफलता पाउँने सक्ने उल्लेख गरे । कार्यक्रममा कमल पोखरी टोल विकास संस्थाका अध्यक्ष इन्द्रबहादुर गुरुङ, भद्रकाली उच्च माविका प्रचार्य घनश्याम रिजाल, शेयर सदस्य अर्जुन सिग्देलले बोलेका थिए । कोन सहकारीका अध्यक्ष शरदकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तीर्थ बस्नेतले स्वागत र सचिव शान्तकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । यसअघि पुस १९ गते वार्षिकोत्सवका अवसर पारेर रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो ।

Post a Comment