0
कास्की लुम्ले–५ का चूडामणि देवकोटाको घरमा आइतवार राति भीषण आगालागी भएको छ । आगालागीबाट देवकोटाको परिवार बच्न सफल भएको छ तर घरमा रहेका लत्ताकपडा, जिन्सी सामग्री, कागजपत्र, गरगहना एवं नगद जलेर नष्ट भएका छन् । आगो के कति कारणले लाग्यो त्यो भने खुल्न सकेको छैन । आगालागीसँगै उनको परिवार दाजु रामजी देवकोटाको घरमा आश्रय लिएर बसेको छ । घरको पश्चिम पट्टीको भाग पुर्ण रुपमा क्षेतीग्रष्त बनेको छ । घटना घटे लगत्तै स्थानीयको बाक्लो उपस्थितिले आगालागी नियन्त्रणमा लिने प्रयास गरेको थियो । आगालागीले उनको टिनको दुई तले घर र घर नजिकैको पोल्ट्री फर्म जलेर नष्ट भएका छन् । ३२ वर्षे युवा, पीडित चूडामणि देवकोटा केही वर्षदेखि स्वदेशमानै केही गर्नुपर्दछ भन्दै कुखुरापालन ब्यवसाय अगालेर बसेका थिए । आगालागीबाट करिव रु १० लाख ५० हजार रकम बराबरको क्षेति भएको रेडक्रस उपशाखा लुम्ले उपसभापति भरत देबकोटाले जानकारी दिए । रेडक्रस लुम्लेले पीडितलाई राहात दिन सहयोगी संस्थाहरुका विशेष आग्रह पनि गरेको छ ।

Post a Comment

 
Top