0
पोखराको अमरसिह चौरमा जारी पांचौ पोखरा महोत्सवको आठौै दिन २० हजार दर्शकले अवलोकन गरेका छन । त्यसैगरी १ करोड ५० लाखको कारोवार भएको छ । पोखरा आसपासमा आयोजना हुने महोत्सव मध्ये अन्तिम महोत्सव भएकाले महोत्सवमा उल्लेख्य दर्शकहरुको सहभागिता रहेको छ । युवाको जांगर राष्ट्र निर्माणको आधार भन्ने मूल नारा लिएर शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा नया पर्यटकीय गन्तब्य स्थल चिडियाखाना निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढेको युनाइटेड क्लव पोखराले आयोजना गरेको पांचौ संस्करणको पोखरा महोत्सव आठांै दिनसम्म आइपुग्दा उल्लेख्य दर्शकहरुले सहभागीता जनाइरहेको महोत्सव प्रचारप्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए । महोत्सवमा बुधवार लोकदोहोरी गायिका कोमल वलीले दर्शकहरुलाई आफ्नो प्रस्तुती मार्फत  मनोरञ्जन प्रदान गरेकी थिइन । वलीले आयोजक हरुलाई स्टेजमा नचाउनुका साथै दर्शकहरुलाई मनोरञ्जन संगै महोत्सवमा उपस्थित युवतीहरुलाई सन्देश समेत प्रदान गरेकी थिइन  । पछिल्लो समय महिलाहरु माथी हिंसा बढिरहेको भन्दै युवतीहरुलाई आफू सजग भएर अगाडि वढ्न वलीले सुझाव समेत दिएकी थिइन । महोत्सवमा लोक दोहोरी तर्फ प्रजापती पराजुली, चोलेन्द्र पौडेल, जीवन दहाल, शिवहरि ढुंगाना,तारापति सुवेदी, सरला पाण्डे, ईन्द्रा गुरुङ, कृष्ण अख्रेली, विजय केसी लगायतले समेत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी पप तथा कन्सर्ट तर्फ अनुप्रस्था र स्थानीय लोकल ब्याण्डहरुको प्रस्तुति रहेको थियोभने आदर्श आमा समुह ढुंगे सांघु पोखरा १५ को राधाकृष्ण झांकी, बांझापाटन तमु समाजको तमु छाडु नाच, माछापुच्छ«े नौमती पञ्चेबाजा छिनेडांडा पोखरा १८ र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय रामबजारले झांकी प्रस्तुत गरेका थिए । विहीबार महोत्सवमा लोकदोहोरी तर्फ रामजी खांड, प्रजापति पराजुली, चोलेन्द्र पौडेल,जीवन दाहाल, शिवहरि ढुंगाना, सुरेन्द्र गुरुङ, कुमार पुन, सरस्वती लामिछाने, शरला पाण्डे, चन्द्रा कार्की लगायतको प्रस्तुती रहनेछभने पप ब्याण्डतर्फ निमा रुम्बा तथा स्थानीय लोकल ब्याण्डहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Post a Comment

 
Top