फेवा बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–८, सृजनाचोकको १५औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन मंगलबार सम्पन्न भयो । अधिवेशनले अध्यक्षमा क्याप्टेन चन्द्रप्रसाद गुरुङ, उपाध्यक्षमा सम्मरबहादुर श्रेष्ठ, सचिवमा हरिभक्त पौडेल र कोषाध्यक्षमा गणेशकुमार श्रेष्ठलाई चयन गरेको छ । सहकारीको सदस्यहरुमा दिलबहादुर भट्टराई, निर्मल पौडेल, रामकाजी गुरुङ, लक्ष्मी अधिकारी चयन भएका छन् । त्यस्तै लेखा समितिकोे संयोजकमा गोपाल तिमिल्सिना, सदस्यहरुमा सरस्वती देवकोटा र पूर्णभद्र अधिकारी रहेका छन् । संयोजक अधिवक्ता पदमपाणि देवकोटा, रविरमण तिवारी र भिमबहादुर गुरुङ सदस्य रहेको निर्वाचन मण्डलले अधिवेशन सम्पन्न गरेको थियो । सभामा उत्कृष्ट शेयर सदस्य शेरबहादुर अधिकारी, उत्कृष्ट कर्मचारी मनिषा गुरुङ र वेशीसहर नगरपालिकाको कार्यकारी अधिकृत तथा शेयर सदस्य युवराज अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरियो । प्रमुख अतिथि सहक्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले कमाएको धनले भन्दा बचाएको धनले काम दिने बताए । बचत रकमलाई सदुपयोग र बढाउँदै लगे आर्थिक उन्नति हुने चर्चा गर्दै बाँस्तोलाले व्यक्तिले गरेको लगानीले अरु सबैलाई फाइदा पुग्ने धारणा राखे । कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष नारायण भट्टराइलाई विदाइ गरिएको उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष पुण्य प्रसाद पौडेल, कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष सुदिप ढकाल, पत्रकार श्याम कुँवर, वेशीशहर नगरपालिकाका कार्यकारी अधिकृृत युवराज अधिकारी, शेयर सदस्यहरु देवी बहादुर थापा, कृष्ण प्रसाद तिमिल्सिना, सुशिला वाग्ले, गणेश कुमारी काराखेती, सचिव हरिभक्त पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» फेवा सहकारीको अध्यक्षमा गुरुङ चयन
Subscribe to:
Post Comments (Atom)
Post a Comment