0
लायन्स क्लव आफ गार्डेन सिटीले कास्कीको लेखनाथ नगरपालीका बडा नं १७ भरतपोखरीमा रहेको सरस्वती टिका उच्च मावीमा अध्यनरत सुस्त मनस्थीति(बौद्धिक अपाङकता) भएका विदर्थीहरुलाई जाडोको लागि उपयुत्त पोशाक वितरण गरेको छ । लायन्स क्लवले सामाजीक क्षेत्रमा देखाउदै आएको सहयोग अन्तरगत सो विदलयमा अध्यनरत ३० जना विद्र्थीहरुका लागि जाडोका लागि अति उपयुत्त हाईनेक वितरण गरेको हो । पोशाक वितरण गर्दै लायन्स क्ललका पि आर ओ ईन्चिप राधा पौडेलले शारिरीक रुपले अपाङता भएका विदर्थीहरुको सहयोग र उनिहरुलाई गर्नुपर्ने मायाँलाई आत्मसाथ गर्र्दै सवै ब्यक्ति तथा सस्थाहरुले आफुले गर्ने फजुल खर्चलाई कटाएर सामाजीक क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिएकी थिईन । सोही कार्यक्रममा पोशाक वितरण गर्दै लायन्स क्लबका ओरेण्टेसन चिप कोडिनेटर विशेस्वँर आचार्य,लायन्स क्लबका जोन चियर प्रसन सुदिपराज ढुगानाले जहाँ जे आबस्यकता छ त्याहाँ सोही वस्तु तथा सेबा दिन सकेमा त्यसको ठुलो महत्ब हुने भन्दै आगामी दिनहरुमा पनि यस विदलयमा अध्यनरत विदर्थीको शौक्षीक विकासका क्षेत्रमा सहयोग र सद्भाब रहि रहने विचार राखेका थिए । लायन्स क्लव आफ गार्डेन सिटीका अध्यक्ष भेषराज आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रमका संयोजक तथा लायन्स क्लव आफ गार्डेन सिटीका द्धितिय उपाध्यक्ष टोलप्रसाद अर्यालले कार्यक्रमको उदेस्य र उपयोगीताका बारेमा प्रकास पारेका थिए भने सहायक जिल्ला शिक्षा अधिकारी दयाराम गौतम,सचिब सन्तोष घिमीरे,प्रथम उपाध्यक्ष बेदप्रसाद सुबेदी, सदस्य विधान गौतम र विदलयका प्रधानाध्यापक लाल प्रसाद भण्डारी लगाएतले सामाजीक क्षेत्रको विकासका लागि सकरात्मक सोचका साथ अगाडी वढ्नु पर्ने आबस्यकताका वारेमा जोड दिएका थिए ।

Post a Comment

 
Top