0
युवा संघ कास्कीले आउदो फागुन दोस्रो साता पोखरा रगंशालामा खेलकूद महोत्सव गर्ने भएको छ  । युवा संघ कास्कीको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले फागुन १४ देखि २१ गतेसम्म खेलकुद महोत्सव गर्ने निर्णय गरेको हो । महोत्सवमा अन्तर जिल्ला कमिटि फुटबल प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता र दश किलोमिटर दौड प्रतियोगिता गर्ने निर्णय गरेको हो । कास्कीको लाहाचोक गाविसमा सम्पन्न बैठकले आउँदो पुस १ गते बृहत युवा भेला समेत गर्ने निर्णय गरेको छ । बेगनासमा आयोजना हुने बनभोज तथा युवा भेला उद्योग मन्त्रि महेश बस्नेतको प्रमुख आतिथ्यतमा सम्पन्न गर्ने निर्णय गरेको युवा संघ कास्कीका सचिव डिल्लीराम सुवेदीले जानकारी दिए । युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले कास्कीका सचिव दामोदर बैरागी, एमाले क्षेत्र नं. ४ का अध्यक्ष विष्णु केसी, युवा संघ केन्द्रीय सदस्य फत्त गुरुङ, युवा संघ गण्डकी अञ्चल अध्यक्ष नवराज ओझा, एमाले लाहाचोक गाँउ कमिटि अध्यक्ष टेकबाहदुर श्रेष्ठ लगायतको आ–आफनो भनाई राख्दै युवा संघलाई रचनात्मक काममा लाग्न आग्रह गरे ।

Post a Comment

 
Top