0

कुमुदिनी होम्स उच्च माध्यमिक विद्यालय पोखराले आफ्नो २८औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको पूर्वसन्ध्यामा मंगलबार पोखरा बाटुलेचौर स्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । वार्षिकोत्सव समारोहको अघिल्लो दिन विगतमा पनि यस किसिमका सेवामुखी कार्यक्रम सञ्चालन गर्दै आएको कुमुदिनीले यस पटक उक्त बाल आश्रममा खाद्यान्न सामग्री वितरण गरेको हो । विद्यालयकी सञ्चालिका मिना पालिखेले खाद्यान्न सामग्रीका साथमा अक्षय कोषका लागि नगद रु. ५००५ संस्थाकी सञ्चालिका शारदा बस्नेतलाई हस्तान्तरण गरेकी थिइन् । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा आश्रम सञ्चालिका बस्नेतले संस्थाको आवश्यकताबारे जानकारी दिँदै सेवामुखी भावनाले नै आफूले संस्थाको स्थापना गरेको बताएकी थिइन् । कार्यक्रममा कुमुदिनी प्रिफेक्ट कमिटीका विद्यार्थीहरु, सामाजिक शिक्षक डिल्लीराम बराल, गणित शिक्षक दिपेन्द्र पौडेल एवं दुई जना जर्मन आगन्तुकका साथै बाल आश्रमका विद्यार्थीहरु उपस्थित थिए । उक्त कार्यक्रमको संयोजन कुमुदिनी होम्स उच्च माविका सहायक प्राचार्य मनबहादुर भुजेलले गरेका थिए । विद्यालयको वार्षिकोत्सव, पुरस्कार वितरण समारोह एवं साङ्गीतिक कार्यक्रम विद्यालय प्राङ्गणमा मनाउने जनाइएको छ ।

Post a Comment

 
Top