0

कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कास्कीका धु्रबराज तिवारी नियुक्त भएका छन् ।
संस्थागत सुशासन र कर्जा ब्यवस्थापनमा अब्बल तिवारी सफल बैंकरको रुपमा चिनिन्छन् । साविकको अन्नपूर्ण फाईनान्स हालको कैलाश विकास बैंकबाट बैंकिङ्ग करियर सुरुवात गरेका तिवारीसँग १८ बर्षभन्दा लामो बैंकिङ्ग अनुभव छ । साविक अपी फाईनान्सका प्रबन्ध सञ्चालक हुँदै हालको एपेक्स डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत भएका तिवारी सञ्चालक समितिसँग खराब कर्जाको विवादका कारण गत पौषमा एपेक्स डेभलपमेन्ट बैंक छाडेका थिए ।  तत्कालै सम्पन्न एपेक्सको साधारणसभाबाट सञ्चालकमा नियुक्त तिवारी मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका छन् । मालिकामा प्रमुख कार्यकारी अधिकृत भए लगत्तै उनले एपेक्सको सञ्चालकबाट राजीनामा दिएका छन् ।
मालिका बैंककको सञ्चालक समितिको बैठकले तिवारीलाई चार बर्षको लागि करारमा नियुक्त गरेको हो । कर्जा ब्यवस्थापनमा अब्बल मानिने तिवारी सामु करिब चार प्रतिशत हाराहारी रहेको खराब कर्जा नियन्त्रण, फैलदो र प्रतिस्पर्धी बैंकिङ्ग ब्यवसायमा मालिकाको ब्यवसाय विस्तार तिवारीको प्रमुख चुनौति रहने छ ।

Post a Comment

 
Top