0
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको आयोजनामा सदस्य पुनर्मिलन तथा मैत्रिपूर्ण वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।       सदस्यहरु वीचको सम्वन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले उक्त कार्यmक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा सदस्य रामप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै सभासद् शारदा पौडेलले सामुदायिक सेव केन्द्र वगरको भवन बनाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाईन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक वसन्तकुमार लामाले सामुदायिक सेवा केन्द्रहरुको सहकार्यमा नै शान्ति स्थापना गर्न महत्वपूर्ण योगदान पुगेको बताए । सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भट्टराईले सदस्यहरु वीच भाईचारा कायम गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायि प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङले समुदायमा शान्ति स्थापना गर्ने दायित्व आम नागरिकको नै भएको बताईन् । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठले स्वागत र सहसचिव रामभूषण पराजुलीले कार्यक्रम सञ्चाल गरेका थिए । कार्यक्रममा सामुदायि सेवा केन्द्र वगरका आजीवन सदस्य साधारण सदस्य वडा प्रहरी कार्यालय वगर, टोला विकास संस्था र आमसमूहको उल्लेख्य सहभागिता रहेको थियो ।

Post a Comment

 
Top