सनातन धर्म सेवा समिति कास्कीले पोखरा–१७ घारीपाटन स्थित पिकेजी माध्यमिक विद्यालयमा हालै छात्र–छात्राहरूलाई जर्वरजस्ती धार्मिक कार्यक्रममा सहभागी गराई धर्मपरिवर्तन गर्ने प्रयासको निन्दा र भत्र्सना गरेको छ । मंगलबार समितिका अध्यक्ष रवीन्द्र माकाजू र सचिव रामचन्द्र पौडेलद्वारा संयुक्त हस्ताक्षरित वक्तव्यमा भनिएको छ – विद्यालयको स्मारिका विमोचन कार्यक्रममा विद्यालयका कलिला बालबालिका लाई जर्वरजस्ती इशाई धर्म गुरुको प्रवचन सुन्न बाध्य पारिएको, सामुहिक आर्शीवद र प्रार्थन गराइएको यो घटनाले नेपालको प्रचलित कानूनको उल्लंघन मात्र नभई व्यक्तिका धार्मिक स्वतन्त्रता र विद्यालयको नैतिक मूल्य र मान्यताको समेत उपहास भएको छ । वक्तव्यमा नेपाल विविध धर्म संस्कृति, जातजाति, भाषा, भेषले सजिएको मुलुक भएकाले कसैले पनि आफ्ना मत या विचार थोपर्नु हुँदैन भन्दै अगाडि भनिएको छ – संविधान निर्माण गर्ने क्रममा नेपाल अत्यन्त गंभीर मोडमा रहेको अवस्थामा पिकेजी विद्यालयको यो गौर शैक्षिक चरित्रले हामीलाई आश्चर्यचकित र दुःखी तुल्याएको छ । साथै, वक्तव्यमा स्थानीय सरकार, राजनीतिक दल, बुद्धिजीवि वर्ग एवं सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै दोषीमाथि कानूनी कार्वाहीको माग पनि गरिएको छ ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» धर्मपरिवर्तन गर्ने प्रयासको निन्दा र भत्र्सना
Subscribe to:
Post Comments (Atom)
Post a Comment