0
नेपाली भाषा शिक्षक परिषद कास्कीको छैटांै साधारणसभा सम्पन्न भएको छ । परिषदले साधारण सभाको उदघाटन कार्यक्रममा परिषदका संस्थापक सचिव बोधराज ढकाल लाई सम्मान गरेको छ । उनलाई कार्यक्रमका कास्कीका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आर्चाय, प्रा.डा. सर्वराज आर्चाय, सल्लहकार माधवशरण उपाध्याय र अध्यक्ष लोकचन्द्र खनालले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे । परिषद्ले प्रवेशिका परिक्षामा सर्वाधिक अङ्क ल्याउने रमेश गुरुङ र  समिता अधिकारी निवन्ध प्रतियोगीताका विजयी आशिष पाण्डे, सपना घताने, शैल्ताज कुवँर र सुुसन त्रिपाठीलाइ पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा परिषद्ले प्रकाशन गरेको भाषा आलोकन, समालोचनात्मक पत्रिकाको पनि प्रमुख अतिथि आर्चायले लोर्कापण गरे । कृृृतिको समिक्षा प्रा.श्रीधर न्यौपानेले गरे । कार्यक्रममा बोल्दै आर्चायले जिल्ला शिक्षा कार्यालबाट प्रदान गरिने शिक्षा पुरस्कारमा सुधार गर्नुपर्ने बताए । उनले राजनीतिक आस्थाका आधारमा पुरस्कार बाडिने पाइएको स्विकार्दै त्यसले सही प्रतिभालाई हिनताबोध हुने बताए । भाषामा देखिएको समस्या समाधान तथा भाषाको संरक्षणमा लाग्न उनले परिषदलाई सुझाब दिए । परिषदका अध्यक्ष लोकचन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा पृथ्वी नारायण क्यामपस नेपाली विभागका प्रमुख प्रा.डा. विष्णु पौडेल, प्रा.डा. सर्वराज आर्चाय, हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, सल्लाहकार माधवशरण पौडेल, पुण्यप्रसाद शर्मा, सह–प्राध्यापक बाबुराम अधिकारी , डा. यमनाथ तिमिल्सिना, समीक्षक श्रीधर न्यौपाने, सम्मानित व्यक्ति बोधराज ढकाल, युनिप्सका उपाध्यक्ष शान्तबहादुर गुरुङ, सामाजिक अध्ययन मञ्चका भिम न्यौपाने, विद्यार्थी रमेश गुरुङ र समिता अधिकारी, परिषदका उपाध्यक्ष दिनेस सापकोटा, डोलराज अर्याल ,सचिव डिल्लीराम अर्याल लगायतले बोलेका थिए । परिषद्ले आजिवन सदस्यलाई प्रमाणपत्र वितरण समेत गरेको छ ।

Post a Comment

 
Top