0
लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको आयोजनामा ३ दिने निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । पश्चिामाञ्चल डेन्टल होम प्रा.लि. को प्राविधिक सहयोगमा संचालित शिविरमा निःशुल्क दन्त परीक्षण, निःशुल्क औषधि वितरण गरिएको थियो । क्लवका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन लायन प्रेमबहादुर श्रेष्ठले क्लबले स्वास्थ्य क्षेत्र, शिक्षा र अन्य विविध सामाजिक सेवाका कार्यहरु निस्वार्थ तरिकाले सम्पन्न गर्दै आईरहेको जानकारी दिए । कार्यक्रममा रिजन चेयरपर्सन उत्तममान बुद्धाचार्य,  डेन्टल होमका संचालक डा. कमल चपाई, अध्यक्ष अर्जुन गिरी लगायतले शिविरको महत्वका बारेमा चर्चा गरेका थिए । यसैगरी क्लबले पोखराको महेन्द्रपुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा  रिजन चेयरपर्सन उत्तममान बुद्धाचार्य, नेपाल रेडक्रस सोसाइटी कास्कीका ध्रुब लामिछाने, पवित्रमणि पोखरेल लगायतले पनि बोलेका थिए ।


Post a Comment

 
Top