0
अर्घाखाची पोखरा सम्पर्क समाजले शनिबार मालेपाटनमा भेला कार्यक्रम सम्पन्न गरेको छ । अर्घाखाची पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष यम प्रसाद गौतमले वर्तमान अध्यक्ष गुणानिधि पाण्डेलाई संस्थाको आजिवन सदस्यता प्रदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । संस्थाका बार्षिक कार्यक्रम अन्तर्गत वनभोजका साथै आजीवन सदस्य र साधारण सदस्य वितरण गरिएको थियो ।
हाल संस्थामा आजीवन सदस्यको संख्या ८५ जना रहेको छ भने साधारण सदस्यतर्फ १३० जना रहेको संस्थाका अध्यक्ष गुणानिधि पाण्डेले बताए । संस्थाले शनिबार वनभोज गर्नुको साथै पार्वती पाण्डेको संयोजकत्वमा नृत्य, गायन, कमेडी जोक, केराउदाना गेम समेत संचालन गरेको थियो । त्यस्तै कार्यक्रमको संयोजक प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पाण्डे, क्याटिरिङमा कार्य समिति सदस्यहरु झविन्द्रलाल अधिकारी, होमलाल पाण्डे, नमराज पाण्डे, शंकर घिमिरेले गरेका थिए ।
त्यस्तै फोटो फ्रेमिङ तथा प्रमाणपत्र लेखन संस्थाका कोषाध्यक्ष राम प्रसाद पौडेलले गरेका थिए भने आर्थिक संकलन उपकोषाध्यक्ष बाबुलाल पाण्डे तथा कृष्णलाल सुनार गरेका थिए । कार्यक्रमको संचालन महासचिव चेतनारायण पाण्डेले गरेका थिए भने मनोरञ्जनतर्फ नरेन्द्र प्रसाद आचार्यले गरेका थिए । शुक्रबारदेखि पोखरामा बढेको चिसोले वनभोज कार्यक्रमलाई खासै असर नगरेको संस्थाका कोषाध्यक्ष राम प्रसाद पौडेलले बताए ।

Post a Comment

 
Top