0

क्षेत्री समाजको महाधिवेशनले पोखराका अग्रज सामाजिक व्यक्तित्व लोक बहादुर थापालाई निर्विरोध चयन गरेको छ । सोही महाधिवेशन समाजको महासचिवमा उदय बहादुर बस्नेत, कोषाध्यक्षमा रिव बहादुर थापा सहित ८३ सदस्य केन्द्रीय कार्यसमितिको गठन गर्दै सम्पन्न भएको छ । समितिको जिम्मेवारी बाँडफाँड गर्न कार्यसििमतिलाई अख्तियारी दिएको छ । समाजमा केही महिनादेखि विधान बमोजिम निवर्तमान अध्यक्ष प्रा.डा. चन्द्र बहादुर थापा र महासचिव रोमबहादुर कार्की लगायत केही पदाधिकारीहरुले गरेको गलत कार्य विरुद्ध अविश्वास परेपछि मंसिर ४ गते सो उपर बहुमत केन्द्रीय समितिद्वारा विघटन गरिएपछि समाजले विशेष महाधिवेशन मार्फत नयाँ समितिको चयन गरेको हो । कार्यक्रममा समाजका पूर्व महासचिव एवं सभासद् कुमार खड्काले क्षेत्रीको हक, अधिकारका लागि आफूले पार्टी विघटन सहित सभासद् पद समेत छोड्न सक्ने तर समाजलाई विग्रन नदिने बताए । सबै पार्टीमा आस्था राख्ने खस क्षत्रीहरुको साझा समाज भएकोले सबै एक भई समाजको निर्माण गर्न लाग्नुपर्ने बताए ।
महाधिवेशन मूल आयोजक समितिका अध्यक्ष रिवबहादर थापाको सभापतित्वमा भएको कार्यक्रममा सचिव कृष्ण थापा, रामेश्वर थापा, सहकोषाध्यक्ष अर्जुन बहादुर बस्नेत, संरक्षक इन्द्र क्षत्री, सल्लाहकारद्वय लोक बहादुर थापा, केश बहादुर केसी, केन्द्रीय सदस्यहरु उदय बहादुर बस्नेत, खेमकुमारी खड्का, रविन्द्र अधिकारी, रुपन्देहीका बरिष्ठ उपाध्यक्ष गुप्त बहादुर केसी, शंकर बहादुर के.सी., कास्की जिल्ला अध्यक्ष पमद बहादुर कार्की लगायतले समाजलाई एक बनाउन सबै लाग्नुपर्ने बताए । समाजले नवनिर्वाचित कार्यसमितिको घोषणा सभा पुस १ गते मंगलबार कार्यालय परिसरमा गर्ने भएको छ । महाधिवेशनले पूर्व कार्यसमितिको विघटनसँगै आवश्यकता अनुसार कार्यसमिति, सल्लाहकार समितिको चयन गर्नेब अख्तियारी सहित समाजले लिएको उद्देश्य र माग मुद्दामा लाग्न सम्पूर्णलाई अनुरोध गर्दै समाजलाई धमिल्याउने विखण्डन गतिविधि नगर्न आग्रह गरेको छ ।

Post a Comment

 
Top