0
अखिल नेपाल टे«ड युनियन महासंघ युवा कमिटिको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दै एमाओवादीका स्थायी कमिटी सदस्य लोकेन्द्र विष्ट मगरले युवाहरु आन्दोलनको अग्रदस्ता मात्रै नभएर विचार निर्माणका सम्वाहाक भएको बताउँदै नेपाली मजदुर आन्दोलनमा युवाहरुले महत्वपूर्ण भूमिका रहने बताए । कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासंघ केन्द्रीय अध्यक्ष शालिकराम जम्मकट्टेल, युवा कमिटिका संस्थापक सदस्य जगत सिंखडा, आईएलओ कन्ट्री डाइरेक्टर जोसे आशलिनो, आईएलओ एक्ट्राभ प्रमुख नारायण भट्टराई, युनि एशिया प्यासेफिकका महासचिव राजेन्द्र आचार्य, क्लास नेपालका अध्यक्ष लेख प्रसाद बुर्लाकोटी, एफिएसका चन्द्रदेव भट्ट, टे«ड यूनियन काँग्रेस युवा कमिटिका अध्यक्ष बलदेव तामाङ्ग, जिफण्ट युवा कमिटिका सचिव मेजन कोइराला लगायतले आ–आफ्नो भनाइ राखेका थिए । सम्मेलन आयोजक समितिका संयोजक राजेन्द्र न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । सम्मेलनमा कमिटीका संयोजक राजेन्द्र न्यैपानेले प्रस्तुत गरेको विधान प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो । सम्मेलनका लागि देशभरीबाट करिव ६ सय ५० युवा मजदुर प्रतिनिधि पर्यवेक्षकहरुको उपस्थिति रहेको थियो ।
सम्मेलनले राजेन्द्र न्यौपानेलाई अध्यक्षमा चयन गरेको छ । कमिटीको ३९ जना केन्द्रीय सदस्यहरुमा मुकुन्द पन्त, राजकुमार जि.सी., हेम न्यौपाने, सुन्तली थारु, बालकुमार राई, नारायण कुईकेल, अर्जून साहुदेन, राजेश यादव, तुल वा. दवाडी, मोदराज न्यौपाने, इश्वर बस्याल, रमेशलाल श्रेष्ठ, भरत भट्टराई, श्याम भूजेल, रुद्र गिरी, भिम वा. खड्का, भोला ढुंगेल, नारायण कुईकेल, प्रकाश तामाङ्ग, राजकुमार मगर, रामचन्द्र थापा, सुनिल लामा, मनिस थापा, भिषण थापा, राजिव गिरी, सलिना महर्जन, एलिना बुढाथोकी, आशा घिमिरे, प्रतिमा दाहाल, मिना चन्द्र ठकुरी, प्रमोदराज आचार्य, खिल प्रसाद दंगाल, सुजन पौडेल, रामबहादुर गोले र अनुप भण्डारी रहेका छन् ।

Post a Comment

 
Top