0
नेपाल पर्वतारोहण संघ, इन्टरनेश्नल माउन्टेन म्यूजियम, साइकल सिटी पोखराद्वारा आयोजित इन्टरनेश्नल माउन्टेन म्यूजियम साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम सुमन गुरुङ्ग, द्वित्तीय जगत डोली र तृतीय प्रज्वल केसी भएका छन् । ४० वर्षभन्दा माथिका मास्र्टसमा सन्तराम विक प्रथम भएका थिए । विद्यालयस्तरीय साइकल रेस प्रतियोगितामा कुमुदिनी होम्स उच्च माविका शाइरस शाक्य प्रथम, सुमन पुन द्वित्तीय र तृतीय पायसमान बुद्धाचार्य भएका छन् । विदेशी पर्यटकहरु बीच गराइएको प्रतियोगितामा अमेरिकाका नाते डेमेर प्रथम भएका छन् भने महिला तर्फ न्यूजिल्याण्डका नातालिया इर्भिङ्क प्रथम भएका छन् । प्रतियोगितामा प्रथम सुमन गुरुङ्ग, द्वित्तीय जगत डोली र तृतीय प्रज्वल केसीलाई रु १० हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै ४० वर्ष भन्दा माथिका मास्टर्सका विजेता सन्तराम विकलाई नगद २ हजार सहित प्रमाणपत्र वितरण गरिएको छ । विद्यालयस्तरमा विजयी हुने खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । पर्यटकहरुमा विजयी हुनेलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पर्वतारोहण संघका महासचिव ठाकूरराज पाण्डेले साइकिलबाट नेपालको पर्वतीय स्थलको प्रचारप्रसारमा मद्दत पु¥याउने बताउँदै  प्रतियोगिताले साइकल चलाउन रुचाउनेहरुलाई थप उर्जा प्रदान गर्ने बताए । कार्यक्रममा प्रहरी उपरीक्षक बसन्त लामाले नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष तथा साइकल सिटी सदस्य तीर्थराज अवस्थी र अजय कोइरालाले गर्न लागेको नेपाल यात्राको क्रममा बिदाई समेत गरेका थिए । ‘रक्तदान जीवनदान, स्वास्थ्य वातावरण पर्यटन र साइकलबाट पर्यटनको लागि सहयोग गरौं’ भन्ने नाराका साथ  अवस्थी र कोइरालाले यात्रा सुरु गर्न लागेका हुन् । साइकल रेस प्रतियोगिता पोखराको माउन्टेन म्यूजियमबाट सितापाइला हुदै दोबिल्ला, भरतपोखरी, निर्मल पोखरी, दोप्परे, डेभिज्फल हँुदै २४ किलोमिटरमा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता साइकल सिटीका अध्यक्ष कमलमोहन कोइरालाले गरेका थिए भने सञ्चालन संस्थाका सचिव प्रकाश बज्राचार्यले गरेका थिए ।

Post a Comment

 
Top