0
महिला तथा सामुदायिक सचेतना समाज (ओकास) को चौधौं साधारण सभा एवं अधिवेशन शनिवार सम्पन्न भयो । अधिवेशनले आगामी ३ वर्षको लागि गजकुमारी गुरुङ्गको अध्यक्षतामा ११ जना कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा गंगा कुँवर, सचिव यशोदा गुरुङ्ग, सह–सचिव शुष्मा श्रेष्ठ, कोषाध्यक्ष मञ्जु गुरुङ्ग र सदस्यहरुमा क्रमशः निलम दुबे, प्रेम कुमारी गुरुङ्ग, माया कुँवर, सुमित्रा चौधरी,रत्न भट्टचन र चमेली रञ्जित चयन हुनुभएको छ । त्यसै गरि सल्लाहाकारहरुमा बिष्णु कुमारी अधिकारी,सम्झना अधिकारी र हिरु पुनलाई चयन गरिएको छ । कार्यक्रममा संस्थाका सदस्यहरुको छोरा छोरीले एस.एल.सी.उत्तीर्ण गरेकोमा खादा र प्रशंसापत्रले सम्मान गरिएको थियो । त्यसैगरि संस्थाकी आजीवन सदस्य प्रेम कुमारी गुरुङ्ग नेपाल ज्योतिष परिषदको केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित भएकोमा र संस्था की आजीवन सदस्य हिरु पुन सामुदायिक सेवा केन्द्र बैदामको अध्यक्ष पदमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।

Post a Comment

 
Top