पोखरामा यति बेला मेला महोत्सवको लहर चलेको छ । लेकसाईडमा अंग्रेजी नयाँ बर्षको स्वागतार्थ पाच दिने सडक महोत्सव जारी छ । यसअघि पोखरा उद्योग वाणिज्य संघको राष्ट्रिय औद्योगिक व्यापार मेला अनि लेखनाथ उद्योग पाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सब सकियो । त्यसलगत्तै युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सव पनि हुँदैछ । विभिन्न स्थानमा विभिन्न संघसंस्थाको आयोजनामा विभिन्न नाममा मेला महोत्सव हँुदै आएका छन् । कुनै निश्चित समय र स्थानमा हुने मेला महोत्सव उपभोक्तामुखी बन्न नसकेको गुनासो थुप्रै सुनिन्छन् ।
उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोईराला भन्छन्–‘मेला महोत्सव व्यवसाय प्रवद्र्धनका लागि आयोजना गरिन्छ न कि त्यहि मौका छोपेर कालोबजारी गर्न र उपभोक्ताको ढाड सेक्ने गरी चर्काे मूल्य अशुल्न होइन ।’ मनपरी मूल्य असुलीको चर्काे आरोप खेपेको पोखरा सडक महोत्सवको १६औं संस्करण लेकसाईडमा चलिरहेको छ ।
सडक महोत्सव हेर्न र नयाँ बर्ष मनाउन पोखरा आउने पर्यटकसंग लेकसाईडमा होटल रेष्टुरेण्टले मनपरी मूल्य असुलेको गुनासो यसअघिका महोत्सवमा सुनियो । यो विशेष अवसरमा एकातिर पर्यटकलाई छुट दिने व्यवसायी संगठनले बताउँछ अर्काेतिर व्यक्तिगत रुपमा तिनै व्यवसायीले मनपरी शुल्क असुल्छन् । पाँच दिनका लागि सडकमा टेबुल कुर्सी झारेका व्यवसायी हुन् वा अन्य सबैको ध्याउन्न यो अवधिलाई कसरी नाफामुखी बनाउने भन्नेमै हुन्छ ।
यस्ता व्यवसायीलाई यस बर्ष भने कडाई गरिएको आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसिएशन रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । मूल्य सूची नभएका र अस्वभाविक मूल्य अशुलेमा खबर गर्न उनले आग्रह समेत गरेका छन् । यसअघिको अभ्यासलाई हेर्दा पर्यटकको चाप बढेसंगै भरिभराउ हुने होटलले पनि मौकामा चौका हान्ने सुर कस्छन् र १५ सयको कोठालाई ५ हजारसम्म असुल्छन् । लेकसाईडमा बर्सेनी होटल थपिएका छन् । कोठा अभाव हुने कुनै संभाबनानै छैन । तर अभाव देखाएर बढी मूल्य असुल्ने होटल व्यवसायी माथि उनीहरुकै छाता संस्था होटल संघले त्यसो नगर्न र गरेको उजुरी परेमा कार्बाही गर्ने चेतावनी दिएको छ । ‘हरेक क्षेत्रमा विकृति–विसंगति हुन सक्छन् तर त्यसलाई न्यूनीकरण गर्दै अघि जाने कुरा हो ।’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्मा गैह्रेले भने–‘आउँदा दिनमा त्यस्ता चिनारी नरहने गरी कहि कतै चर्काे मूल्य असुले संघको हन्टिङ लाईनमा सम्पर्क गर्न सकिनेछ ।’
व्यवसाय प्रबद्र्धनका लागि आयोजना गरिने मेला महोत्सवको स्टल उपभोक्ता ठग्ने र बढी मूल्य असुल्ने थलोका रुपमा चिनिन थालेको उपभोक्ताबादीहरु बताउँछन् । मेलाको स्टलबाट व्यवसाय प्रबद्र्धन गरी त्यसको दीर्घकालिन लाभ लिनुको साटो मौका यहि त हो भन्ने प्रवृति व्यवसायीमा हाबी भएको संचारकर्मी गोकुल बानियाँको समाचारमा उल्लेख छ । मेला महोत्सवमा विशेष छुटमा सामान खरिद गर्न पाईएला भन्ने आशमा पुगेका उपभोक्तालाई व्यवसायीले ठग्ने गरेको गुनासो व्ययसायी संगठन सम्म नपुगेको होईन । पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्द्र बहादुर प्रजु आयोजक संस्थानै बढी जिम्मेवार हुनुपर्ने बताउछन् । महोत्सबमा छुट अनिवार्य गर्नुपर्ने उनले बताए । सडकमै टेबुल कर्सी राखेर रेष्टुरेण्टले लिने शुल्क सहि नभएको उनले बताए ।
‘जुन संघसंस्थाले मेला महोत्सव आयोजना गर्छ त्यसले आफुले उपलब्ध गराएको स्टलबाट के कसरी करोवार भैरहेको छ भन्ने जानकारी राख्नु अत्यावश्यक छ’ प्रजुले भने । उत्पादक र उपभोक्ताको सम्पर्क स्थापित गराउने मेला महोत्सवको शाख व्यवसायीले गर्ने मनोमानीले गिर्न दिन नहुने सरोकारवालाहरुले बताएका छन् ।’ ‘पर्यटक भित्र्याउन रेवानले गर्ने सडक महोत्सव होस् वा उद्योगी व्यवसायीको छाता संस्थाले गर्ने अन्य महोत्सव । महोत्सव सञ्चालनको क्रममा देखिने यस्ता विकृतिलाई रोक्न सकिएन भने त्यो मेलाको अबिश्य र औचित्य माथिनै प्रश्न चिन्ह् उब्जिन्छ ।’ एक अधिकारकर्मीले भने ।

खल्तीमा पैसा सिद्धियो ? एटीएम पनि उपलब्ध छैन् ? नआत्तिनोस । पोखरामा मोवाईल एटीएम सेवा उपलब्ध छ । कुनैपनि बैंकको एटीएम काउण्टरमा धाएर पैसा निकल्नुपर्ने बाध्यता टरेको छ ।
सिद्धार्थ बैंकले मंसिर महिनामा पोखरा भित्र्याएको मोवाईल एटीएम अहिले लेकसाइडमा जारी सडक महोत्सवमा छ । बैंक घर घरमा पुग्न थालेको छ । घर आँगनमै बसेर चाहेजति पैसा झिक्न सकिने अवस्था सृजना भएको छ । ‘बैंक घरदैलोमा पुग्नुपर्छ’ भन्ने अभियानलाई सिद्धार्थ बैंकले पुरा गरेको हो । मोवाईल बैंकिङ सुविधा बैंकहरुले दिईरहेका छन् तर सिदार्थ बैंकले मोवाइल एटीएम सुविधा ल्याएको हो । मोवाईल एटीएम सुविधा नेपालमै पहिलो हो । मोवाईल
(घुम्ती)एटीएम सेवालाई सिद्धार्थ बैंकले पोखरामा ‘ब्राण्डिङ’ गरिरहेको छ । यसको औपचारिक शुरुवात नै पोखराबाट गरिएको सिद्धार्थ बैंक पोखरा शाखाले जनाएको छ । ‘मोवाईल एटीएम सेवा नेपालमै पहिलो हो’ पोखराको सभागृहचोकमा रहेको सिद्धार्थ बैंक पोखरा शाखाका मेनेजर हरिप्रसाद तिमिल्सिनाले भने–‘पोखरामा औपचारिक शुरुवात गरी काठमाडांैं लैजाने छौं । काठमाडौंपछि केही दिनको लागि भैरहवामा पु¥याउने योजना छ ।’
बैंकले अहिले एउटा मात्रै मोवाईल एटीएम सेवा शुरु गरेको छ । एटीएम सेवा विशेष गरी मेला महोत्सवमा उपलब्ध गराई ग्राहकलाई सुविधा दिने योजना रहेको उनको भनाई छ । बैकिङ कारोबार गर्ने सर्वसाधारणलाई भने पैसाको संकटको बेला अति उपयोगी हुने विश्वास गरिएको छ । एटीएम सुविधा नभएको स्थानमा मोवाईल सेवा अझ प्रभावकारी हुने बैंकले जनाएको छ । ‘बैंक घर आउँदैछ’ भन्ने अभिप्रायलाई सार्थकता दिने प्रयास गरिरहेको शाखाका मेनेजर तिमिल्सिनाले बताए । ‘एटीएम सुविधा नभएको ठाँउमा सहज हुने विश्वास छ’ उनले भने–‘एटीएम भएको ठाँउ खोज्दै हिंड्नुपर्ने बाध्यता आउँदैन् ।’ एटीएममा सिद्धार्थ बाहेक अन्य बैंकका एससिटी कार्डको पनि प्रयोग गर्न सकिने पत्रकार धन बस्नेतको समाचारमा उल्लेख छ । मोवाईल एटीएमका लागि बैंकले ५० लाख रुपियाँ खर्च गरेको छ । एटीएम मेशिनलाई सवारी साधनमा एट्याच गरेर सुरक्षित बनाइएको उनले जानकारी दिए । पोखरामा सिद्धार्थ बैंकको झण्डै दश हजार ग्राहक छन् ।
रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी १६औं पोखरा सडक महोत्सवमा मंगलबार दर्शकहरुको बाक्लो उपस्थिति रहयो । ल्होसार तथा पुष १५ को बिदा समेत परेकाले पनि सडक महोत्सवमा अवलोकनकर्ताको उपस्थिति निकै बाक्लो रहेको आयोजकको दावी छ ।
महोत्सवमा मंगलबार पशुपति शर्मा मुख्य आकर्षकको रुपमा रहेका थिए भने लोक तथा दोहोरी तर्फ पार्वती जिसी, गिता केसी, तारापति सुवेदी, जीवन दाहाल, रतिमाया खड्का, अमर धितालको प्रस्तुति रहयो । त्यसैगरि हाँस्यकलाकारहरु शिवहरिु ढुंगाना सभाषद् तथा देवीलाल पराजुली भोग लाग्योको प्रस्तुतीले दर्शकलाई थप रमाइलो प्रदान गरेको थियो । त्यसबाहेक पनि गौरिघाट, बाराहीघाट, हल्लनेचोक लगायतका स्थानहरुमा विभिन्न साँस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरु भएका थिए । खेलकुदतर्फ सस्साकसि प्रतियोतिगा सम्पन्न भएको छ । प्रतियोगितामा आइतसिंह गुरुङ्ग, इन्द्रकाजी गुरुङ्ग, सुसिल गुरुङ्ग, दर्शन गुरुङ्ग, अनिल गुरुङ्ग र ज्याकको टिम फेवा बोट क्लव प्रथम भयो । राम भुजेल, लव भुजेल, कुश भुजेल, सूर्यबहादुर भुजेल, सूर्यबहादुर कुमाल, राजन श्रेष्ठ र असिम रानामगरको टिम गौरिघाट टिम‘ए’ दोश्रो भयो भने गोपाल लामा, नारायण प्रसाद शर्मा, रमेश श्रेष्ठ, विकास गुरुङ्ग,आस्था श्रेष्ठ, आशिष थापा र होम परियारको रत्नश्री जिम तेश्रो भयो । प्रतियोगिताका विजेताले नगद १० हजार उपविजेताले नगद ७ हजार साथमा मेडल प्रमाणपत्र पुरस्कार पाए भने तृतीयले नगद ४ तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरेको खेलकुद समिति सदस्य सुसिल पौडेलले जानकारी दिए ।
Post a Comment